काठमाडौं । तीनकुनेस्थित प्रतिष्ठित शैक्षिक संस्था भीएस निकेतन सेकेन्डरी स्कुल यस वर्षको ‘आउटस्ट्यान्डिङ एजुकेसनल प्राक्टिसेस अवार्ड’ बाट सम्मानित भएको छ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा भीएस निकेतनलाई उक्त सम्मान प्रदान गरिएको हो।
लामो समयदेखि विद्यार्थीमैत्री सिकाइ वातावरण, प्रविधिमैत्री शिक्षण पद्धति तथा व्यवहारिक शिक्षामा जोड दिँदै आएको भीएस निकेतन शैक्षिक क्षेत्रमा आफूलाई एक अग्रणी संस्थाका रूपमा स्थापित गर्न सफल भएको छ । विद्यालयले शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलाप, नेतृत्व विकास, नैतिक शिक्षा तथा सिर्जनात्मक क्षमताको विकासलाई पनि समान प्राथमिकतामा राख्दै आएको छ ।
दक्ष शिक्षक टोली, व्यवस्थित शैक्षिक प्रणाली तथा समयअनुकूल शिक्षण अभ्यासका कारण विद्यालयले विद्यार्थी र अभिभावकमाझ विश्वासिलो शैक्षिक गन्तव्यको पहिचान बनाएको छ ।
केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३ ले देशभरका उत्कृष्ट विद्यालय, कलेज तथा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने संस्थाहरूलाई सम्मान गर्दै गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ । कार्यक्रममा शिक्षा क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, शिक्षाविद् तथा विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ ।
केन्द्रबिन्दु डटकमले हरेक वर्ष शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई छनोट गरी सम्मान गर्दै आएको छ।





























प्रतिक्रिया