लिटिल एन्जल्सलाई ‘बेस्ट लर्निङ सेन्टर अवार्ड’

लिटिल एन्जल्सलाई ‘बेस्ट लर्निङ सेन्टर अवार्ड’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ललितपुरको हात्तीवनमा अवस्थित नेपालकै अग्रणी तथा प्रतिष्ठित शैक्षिक संस्था लिटिल एन्जल्स सेकेन्डरी स्कुल यस वर्षको ‘बेस्ट लर्निङ सेन्टर अवार्ड’बाट सम्मानित भएको छ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा लिटिल एन्जल्सलाई उक्त सम्मान प्रदान गरिएको हो।

स्थापनाकालदेखि नै विशाल एवं अत्याधुनिक भौतिक पूर्वाधार, प्रविधिमैत्री शिक्षण प्रणाली र विद्यार्थी अनुकूल सिकाई वातावरण निर्माणमा देशभरमै उदाहरणीय रहँदै आएकाले लिटिल एन्जल्सलाई सो अवार्ड प्रदान गरिएको हो।

लिटिल एन्जल्सले विद्यार्थीहरूलाई केवल सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी अनुसन्धान, प्रयोगात्मक अभ्यास र जीवनोपयोगी सीपका माध्यमबाट एक उत्कृष्ट सिकाई केन्द्रको रूपमा आफूलाई स्थापित गरेको छ।

अनुभवी एवं दक्ष प्राध्यापक वर्ग, विश्वस्तरीय प्रयोगशाला, विशाल खेल मैदान र विद्यार्थीहरूको चौतर्फी प्रतिभा प्रस्फुटनका लागि उपलब्ध विविध अवसरहरू नै लिटिल एन्जल्सका आकर्षण हुन् । राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा निरन्तर उत्कृष्ट नतिजा ल्याउनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत यहाँका विद्यार्थीहरूले उच्च प्रदर्शन गर्दै आएका छन्।

केन्द्रबिन्दु डटकमले हरेक वर्ष शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई छनोट गरी सम्मान गर्दै आएको छ।

Logo