काठमाडौं । शैक्षिक गुणस्तर, अनुशासित वातावरण र विद्यार्थीमैत्री सिकाइ संस्कृतिका लागि परिचित नासा सेकेन्डरी स्कुल ‘बेस्ट एकेडेमिक इन्भायरोन्मेन्ट अवार्ड’बाट सम्मानित भएको छ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा नासा सेकेन्डरी स्कुललाई उक्त सम्मान प्रदान गरिएको हो।
तीनकुनेमा अवस्थित नासाले अध्ययन–अध्यापनसँगै सिर्जनशीलता, नेतृत्व विकास, अनुशासन र नैतिक शिक्षालाई प्राथमिकतामा राख्दै विद्यार्थीलाई भविष्यका सक्षम नागरिकका रूपमा तयार गर्दै आएको छ। विद्यालयले प्रविधिमैत्री शिक्षण प्रणाली र अनुभवी शिक्षकहरूको माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आफ्नो विशिष्ट पहिचान स्थापित गरेको छ।
विज्ञान, व्यवस्थापन, मानविकी र कानुन गरी चारवटा प्रमुख संकायमा नासाले आफ्नो बलियो उपस्थिति जनाएको छ। विशेषगरी, ११ कक्षाको सुरुवातदेखि नै सञ्चालन गरिने प्रि मेडिकल र प्रि–इञ्जिनियरिङ कक्षाहरूले विद्यार्थीलाई भविष्यको चुनौतीपूर्ण प्रवेश परीक्षाका लागि जगैदेखि तयार पार्छन्। यहाँबाट दीक्षित विद्यार्थीहरूले चिकित्सा शास्त्र, इन्जिनियरिङ, सिए र कृषि विज्ञान जस्ता विधामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्नु नै यसको गुणस्तरको जीवित प्रमाण हो।
राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा उत्कृष्ट नतिजा ल्याउन स्कुलको प्राज्ञिक वातावरणले मुख्य भूमिका खेल्दै आएको छ। नासा स्कुलको सबैभन्दा बलियो पक्ष यसको आईएसओ ९००१–२०१५ प्रमाणित पूर्वाधार हो।
केन्द्रबिन्दु डटकमले हरेक वर्ष शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई छनोट गरी सम्मान गर्दै आएको छ।





























प्रतिक्रिया