मेरील्याण्ड सेकेन्डरी स्कुललाई ‘बेस्ट हिस्टोरिकल अचिभमेन्ट अवार्ड’

मेरील्याण्ड सेकेन्डरी स्कुललाई ‘बेस्ट हिस्टोरिकल अचिभमेन्ट अवार्ड’

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । विराटनगरमा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था मेरील्याण्ड सेकेन्डरी स्कुल यस वर्षको ‘बेस्ट हिस्टोरिकल अचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएको छ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा मेरील्याण्डलाई उक्त सम्मान प्रदान गरिएको हो।

स्थापनाकालदेखि नै मोफसलको शैक्षिक विकासमा उल्लेखनीय योगदान पु¥याउँदै आएको मेरील्याण्डले ऐतिहासिक र निरन्तरको उत्कृष्ट प्राज्ञिक सफलता हासिल गरेको कदरस्वरूप सो अवार्ड प्रदान गरिएको हो। विशेष गरी प्लस टुअन्तर्गत विज्ञान, व्यवस्थापन र कम्प्युटर विज्ञान संकायका यस स्कुलले राष्ट्रिय स्तरमै ऐतिहासिक नतिजा र उत्कृष्ट स्थान हासिल गर्दै आफ्नो छुट्टै साख स्थापित गर्न सफल भएको छ।

भौतिक पूर्वाधारका दृष्टिले पनि मेरील्याण्ड अब्बल रहेको छ। विराटनगरको मुटुमा अवस्थित यस स्कुलमा अत्याधुनिक प्रयोगशाला, डिजिटल पुस्तकालय, मल्टिमिडिया सुविधा, अन्तराष्ट्रिय स्तरको बास्केटबल कोर्ट र क्रिकेट नेट जस्ता सुविधाहरू उपलब्ध छन्। विद्यार्थीको सुरक्षाका लागि सिसी क्यामेरा मार्फत पूर्ण निगरानी र स्वास्थ्यका लागि विद्यालयभित्रै निस्शुल्क प्राथमिक उपचारको व्यवस्था गरिएको छ।

केन्द्रबिन्दु डटकमले हरेक वर्ष शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई छनोट गरी सम्मान गर्दै आएको छ।

Logo