मदरल्याण्ड सेकेन्डरी स्कुल ‘आउटस्ट्यान्डिङ पर्फमेन्स अवार्ड’बाट सम्मानित

मदरल्याण्ड सेकेन्डरी स्कुल ‘आउटस्ट्यान्डिङ पर्फमेन्स अवार्ड’बाट सम्मानित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पोखरास्थित मदरल्याण्ड सेकेन्डरी स्कुल ‘आउटस्ट्यान्डिङ पर्फमेन्स अवार्ड’बाट सम्मानित भएको छ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा आयोजित एक भव्य विशेष समारोहबीच ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत मदरल्याण्डलाई उक्त सम्मान प्रदान गरिएको हो।

विद्यालयले शैक्षिक गुणस्तर, विद्यार्थीको सर्वाङ्गीण विकास, अनुशासित शैक्षिक वातावरण तथा उत्कृष्ट नतिजामार्फत शिक्षा क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप ‘आउटस्ट्यान्डिङ पर्फमेन्स अवार्ड’ प्रदान गरिएको आयोजकले जनाएको छ।

गण्डकी प्रदेशमा मात्र नभई राष्ट्रियस्तरमै अब्बल ठहरिएको मदरल्यान्डले शिक्षण विधिलाई केवल सैद्धान्तिक घेरामा मात्र सीमित नराखी व्यवहारिक र जीवनोपयोगी बनाउन विशेष जोड दिएको छ। मदरल्यान्डले पछिल्लो समय सूचना तथा सञ्चार प्रविधिलाई शिक्षण सिकाइको अभिन्न अंग बनाएको छ। स्कुलले अत्याधुनिक प्रयोगशाला, समृद्ध पुस्तकालय र शान्त वातावरणमा प्रविधिमैत्री कक्षा कोठाहरू उपलब्ध गराएको छ। विद्यार्थीहरूलाई समालोचनात्मक सोचको विकास गराउन र वास्तविक संसारका चुनौतीहरूसँग जुध्न सक्ने बनाउन यहाँको पाठ्यक्रम र शिक्षण पद्धति केन्द्रित रहेको छ।

देशभरिका उत्कृष्ट शैक्षिक संस्थाहरूको मूल्याङ्कन गरी केन्द्रबिन्दुले हरेक वर्ष यो अवार्ड प्रदान गर्दै आएको छ। विगतका संस्करणहरूमा पनि विभिन्न विधामा आफूलाई अब्बल साबित गर्दै पुरस्कार जितिसकेको मदरल्याण्डले यस पटक आफ्नो उत्कृष्ट कार्यसम्पादनका लागि यो विशेष सम्मान पाउन लागेको हो।

Logo