काठमाडौं । काठमाडौंको भगवतीबहालमा अवस्थित इन्स्टिच्युट अफ इन्टरनेशनल म्यानेजमेन्ट साइन्स कलेज (आइआइएमएस)ले आफ्नो वार्षिक प्रमुख कार्यक्रम ‘सिएनएस फेस्ट २०२६’ आज शनिबार सम्पन्न गरेको छ ।
मलेसियाको टेलर्स युनिभर्सिटीसँग आबद्ध यस कलेजका क्लब्स एन्ड सोसाइटिज सिएनएसको आयोजनामा भएकाे यो फेस्ट केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई विद्यार्थीहरूको नेतृत्व क्षमता, सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन दिने सशक्त मञ्च हो ।
कलेजका कार्यकारी अधिकृत विनय महर्जनले विद्यार्थीहरुलाई राम्रो प्लेटफर्म दिन पनि सो कार्यक्रम आयोजना गरेको बताए । यो कार्यक्रममा एउटा तह मात्र नभई विभिन्न तहका विद्यार्थीहरु सहभागी रहेको उनको भनाइ थियो ।

सोही कलेजका विद्यार्थी अनिस सक्सेनाले प्लस टु उत्तीर्ण भएर आएका सबै विद्यार्थीहरुका लागी सो कार्यक्रम आयोजना गरिएकाे बताए । उनले आइआइएमएस कलेजको लागी मात्र नभएर अन्य कलेजबाट पनि विद्यार्थीहरुको उपस्थिती रहेको बताए ।

यस कार्यक्रममार्फत विद्यार्थीहरूले आफ्नो सीप र क्षमता प्रदर्शन गर्नुका साथै उद्योग क्षेत्रका विज्ञहरूसँग अन्तरक्रिया, व्यावसायिक सञ्जाल विस्तार र कक्षाकोठा बाहिर व्यावहारिक अनुभव हासिल गर्ने अवसर प्राप्त गरेका छन्।
कार्यक्रमलाई भव्य र आकर्षक बनाउन नेपालका चर्चित सांगीतिक कलाकारहरू जोन एन्ड द लोकल्स, ओएसिस थापा, सुनिल पण्डित र रचना रिमालको विशेष प्रस्तुति रहेको थियो ।

त्यसैगरी फेस्टका प्रमुख विशेषताहरूमा इन्टरएक्टिभ प्रदर्शनी तथा कर्पोरेट स्टल, नेटवर्किङ कार्यक्रम तथा विभिन्न प्रतियोगिता, अनुभवमूलक सिकाइ गतिविधि र विद्यार्थी नेतृत्वमा सञ्चालित प्रस्तुतीहरू भएका छन् । यो फेस्टले विद्यार्थी, प्रायोजक तथा सम्पूर्ण सरोकारवालाहरूका लागि दीर्घकालीन मूल्य सिर्जना गर्दै कलेज समुदायको उपलब्धि र सांस्कृतिक विविधतालाई उत्सवको रूपमा मनाउने लक्ष्य राखेको छ ।






























प्रतिक्रिया