काठमाडाैं । नेपाली विद्यार्थी तथा अभिभावकलाई लक्षित गर्दै आयोजना गरिएको १६औँ ‘सेप इन्डिया एजुकेसन फेयर’ भव्यताका साथ सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित द एभरेस्ट होटलमा दुई दिनसम्म सञ्चालन भएको यस शिक्षा मेलामा भारतका ४५ भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूको उत्साहजनक सहभागिता रहेको थियो।
आयोजक एनडीसी एजुकेसनका अनुसार मेलामा सहभागी अधिकांश विश्वविद्यालयहरू भारतको राष्ट्रिय मूल्याङ्कन र मान्यता परिषद्बाट मान्यता प्राप्त तथा एनआईआरएफ र्याङ्किङमा समावेश रहेका थिए । भारतमा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई एउटै छानामुनि भरपर्दो र आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्यले यो मेला आयोजना गरिएको हो।
मेला अवधिभर विद्यार्थी र अभिभावकहरूले विभिन्न विश्वविद्यालयका आधिकारिक प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गर्ने अवसर पाएका थिए। उनीहरूले विभिन्न शैक्षिक कार्यक्रम, भर्ना प्रक्रिया, छात्रवृत्ति, आवास सुविधा तथा भविष्यका करियरका सम्भावनाबारे विस्तृत जानकारी लिएका थिए। मेलामा भिआइटी, जैन विश्वविद्यालय, रेभा विश्वविद्यालय, बेनेट विश्वविद्यालय, इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट, र ओपी जिन्दल ग्लोबल विश्वविद्यालय जस्ता ख्यातिप्राप्त संस्थाहरूको उपस्थिति थियो।
मेलामा भिआइटी , जैन विश्वविद्यालय, रेभा विश्वविद्यालय, बेनेट विश्वविद्यालय , इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट, ओपी जिन्दल ग्लोबल विश्वविद्यालय लगायत प्रतिष्ठित भारतीय शैक्षिक संस्थाको सहभागिता रहेको थियो।
साे अवसरमा जैन विश्वविद्यालय तथा भिआइटीकी काउन्सिलर रेश्मा अधिकारीले प्रविधिमुखी शिक्षाका लागि भिआइटी र व्यवस्थापन लगायतका विषयका लागि जैन विश्वविद्यालय उत्कृष्ट विकल्प भएको बताइन्।
यसैगरी इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्टका सिनियर मार्केटिङ एक्जिक्युटिभ सौजन्या पी. ले भारतमा व्यवस्थापन शिक्षाको गुणस्तर र अध्ययनका क्रममा प्राप्त हुने अन्तर्राष्ट्रिय अवसरहरूबारे प्रकाश पारिन्।
यस्तै, रेभा विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. नटराजले विश्वविद्यालयमा सञ्चालित बी.टेक कार्यक्रमअन्तर्गत कम्प्युटर साइन्स, एआई, मेसिन लर्निङ, डाटा साइन्स र डिजाइन इन्जिनियरिङजस्ता आधुनिक विषयहरूका बारेमा जानकारी दिँदै अध्ययनकै क्रममा इन्टर्नसिप र रोजगारीको सुनिश्चितता रहेको उल्लेख गरे।

ओपी जिन्दल विश्वविद्यालयका कन्ट्री डाइरेक्टर कपुर थापाले नेपाली विद्यार्थीहरूका लागि उपलब्ध विशेष छात्रवृत्ति, अन्तर्राष्ट्रिय एक्सचेन्ज कार्यक्रम र व्यावहारिक इन्टर्नसिपका अवसरहरूबारे स्पष्ट पारे।
सीजीसी विश्वविद्यालयका काउन्सिलर संग्राम पौडेलले इन्जिनियरिङ, व्यवस्थापन, कानुन, एडभान्स कम्प्युटिङ, स्वास्थ्य विज्ञान र स्पोर्ट्स साइन्स लगायतका विविध विषयमा अध्ययन गर्न सकिने अवसर औंल्याए।
यता बेनेट विश्वविद्यालयका इन्टरनेसनल एडमिसन्स प्रतिनिधि सुधिर कुमार पाण्डेले कम्प्युटर साइन्स, मिडिया, डिजाइन, एप्लाइड साइन्सेस र लिबरल आर्ट्सजस्ता माग बढी भएका शैक्षिक कार्यक्रमहरूबारे परामर्श दिएका थिए।
दुई दिन चलेकाे यस मेलामा नेपाली विद्यार्थी र अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियाे। गुणस्तरीय उच्च शिक्षाका लागि अन्तर्राष्ट्रिय विकल्पहरू खोजिरहेका विद्यार्थीहरूका लागि यो मेला निकै फलदायी सावित भएको र यसले उनीहरूलाई उपयुक्त विश्वविद्यालय र संकाय छनोट गर्न ठूलो मद्दत पुर्याएको विश्वास आयोजकको छ।






























