काठमाडाैं । विगत तीन दशकदेखि गुणस्तरीय शिक्षाको पर्याय बन्दै व्यवस्थापन र प्रविधिको क्षेत्रमा अग्रणी स्थान ओगट्न सफल नाम हाे, किस्ट कलेज।
सन् १९९५ मा कमलपोखरीमा स्थापना भएको यस कलेजले उत्कृष्ट शैक्षिक नतिजा, अनुभवी प्राध्यापक, आधुनिक शिक्षण पद्धति तथा विद्यार्थी–केन्द्रित वातावरणमार्फत हजारौं दक्ष, सक्षम र जिम्मेवार जनशक्ति देशलाई सुम्पिसकेको छ।
शान्त, हरियालीयुक्त र शैक्षिक वातावरणले भरिपूर्ण परिसरमा अवस्थित किस्ट कलेज आज विज्ञान, व्यवस्थापन तथा सूचना प्रविधि शिक्षाका क्षेत्रमा विश्वासिलो गन्तव्यका रूपमा परिचित छ । त्रिभुवन विश्वविद्यालयसँग आबद्ध भइ किस्टले स्नातक कार्यक्रमअन्तर्गत ब्याचलर अफ बिजनेस एड्मिनिस्ट्रेसन (बीबीए), ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट (बीआईटीएम), ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी), ब्याचलर अफ बिजनेस स्टडिज (बीबीएस) तथा बीएस्सी माइक्रोबायोलोजी जस्ता शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
विगत तीन दशकदेखि गुणस्तरीय शिक्षाको पर्याय बन्दै व्यवस्थापन र प्रविधिको क्षेत्रमा अग्रणी स्थान ओगट्न सफल नाम हाे, किस्ट कलेज।
‘शिक्षा केवल प्रमाणपत्रका लागि होइन, जीवन निर्माणका लागि हो’ भन्ने मूल मान्यतासहित अघि बढेको किस्टले शैक्षिक उपलब्धिलाई मात्र होइन, विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई पनि समान प्राथमिकतामा राखेको छ।
कलेजको प्रमुख विशेषता यसको विद्यार्थी–मैत्री, शैक्षिक रूपमा अनुशासित तथा प्रेरणादायी वातावरण हो। अनुभवी र समर्पित प्राध्यापकहरूको टोलीले आधुनिक शिक्षण पद्धति, ई–लर्निङ, ट्युटोरियल कक्षा तथा व्यक्तिगत शैक्षिक परामर्शमार्फत विद्यार्थीलाई उत्कृष्ट नतिजा हासिल गर्न प्रेरित गर्दछ। शैक्षिक उत्कृष्टता र विद्यार्थीको क्षमता अभिवृद्धिलाई केन्द्रमा राख्दै कलेजले करिअर काउन्सिलिङ, गेष्ट लेक्चर, बिजनेस रिसर्च, फिल्ड भिजिट, सेमिनार, कार्यशाला तथा विभिन्न व्यावहारिक सिकाइका कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ।
किस्ट कलेजले आधुनिक र सुरक्षित भौतिक पूर्वाधारलाई पनि विशेष प्राथमिकता दिएको छ। अत्याधुनिक प्रयोगशाला, डिजिटल तथा परम्परागत पुस्तकालय, ई–लाइब्रेरी, आरामदायी कक्षाकोठा, क्याफेटेरिया, छात्रावास, यातायात सुविधा तथा फराकिलो खेलमैदानले विद्यार्थीलाई गुणस्तरीय शैक्षिक वातावरण प्रदान गरिरहेका छन्। इनडोर तथा आउटडोर खेलकुद, सांस्कृतिक गतिविधि, नेतृत्व विकास कार्यक्रम तथा विभिन्न सह–शैक्षिक क्रियाकलापमार्फत विद्यार्थीको बहुआयामिक विकासलाई संस्थागत रूपमा कलेजले प्रोत्साहन गरिरहेकाे छ ।
हाल विश्वका विभिन्न देशमा फैलिएका १७ हजारभन्दा बढी पूर्वविद्यार्थीहरूको सशक्त सञ्जाल कलेजको अर्को महत्वपूर्ण उपलब्धि हो। किस्टका स्नातकहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित शैक्षिक संस्था, बहुराष्ट्रिय कम्पनी, अनुसन्धान केन्द्र तथा उद्यमशीलताको क्षेत्रमा सफलतापूर्वक स्थापित भएका छन्। यही कारण किस्टकाे ‘लर्निङ विथ द बेस्ट’ को अवधारणालाई व्यवहारमा रूपान्तरण गर्न सफल भएको मानिन्छ।
हाल विश्वका विभिन्न देशमा फैलिएका १७ हजारभन्दा बढी पूर्वविद्यार्थीहरूको सशक्त सञ्जाल कलेजको अर्को महत्वपूर्ण उपलब्धि हो।
पढाइसँगै विद्यार्थीको समग्र व्यक्तित्व विकासका लागि कलेजले करिअर काउन्सिलिङ, गेष्ट लेक्चरर क्लास, बिजनेश रिसर्च, फिल्ड भिजिट, सेमिनार, वर्कसप तथा विभिन्न इन्डोर र आउटडोर खेलकुदका गतिविधिहरूलाई नियमित रूपमा समावेश गर्ने गरेको छ। शैक्षिक उत्कृष्टताका लागि यहाँ अतिरिक्त ट्युटोरियल कक्षाहरू, लोकसेवा तथा अन्य तयारी कक्षाहरू र व्यक्तिगत मार्गदर्शन समेत उपलब्ध गराइन्छ।
राजधानीको केन्द्रभागमा रहेको कमलपोखरीको शान्त र मनोरम वातावरणमा अवस्थित यस कलेजको आफ्नै सुविधासम्पन्न र सुरक्षित भौतिक पूर्वाधार रहेको छ। कलेजमा आधुनिक प्रविधियुक्त ई-लाइब्रेरी, अत्याधुनिक प्रयोगशाला, यातायातको व्यवस्था, व्यवस्थित क्याफेटेरियाका साथै छात्र र छात्राहरूका लागि छुट्टाछुट्टै होस्टेलको सुविधा समेत रहेको छ।
हालसम्म देशका ७५ भन्दा बढी जिल्लाका विद्यार्थीहरूले अध्ययन गरिसकेको यस कलेजका १७ हजारभन्दा बढी पूर्व विद्यार्थीहरू विश्वभर विभिन्न उच्च ओहोदामा कार्यरत छन्। जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विभिन्न छात्रवृत्तिको समेत व्यवस्था गरेको किस्ट कलेजले आगामी दिनमा पनि गुणस्तरीय शिक्षाको प्रतिबद्धतासहित विद्यार्थीको सुनौलो भविष्यको मार्गनिर्देशन गरिरहने जनाएको छ।






























