नेपालको आईटी शिक्षामा आफ्नो विशिष्ट पहिचान बनाउन सफल, एलबीईएफ कलेज

नेपालको आईटी शिक्षामा आफ्नो विशिष्ट पहिचान बनाउन सफल, एलबीईएफ कलेज

केन्द्रबिन्दु
3
Shares

काठमाडाैं । नेपालमा आईटी शिक्षाको प्रारम्भिक चरणदेखि नै दूरदृष्टि, नवप्रवर्तन र गुणस्तरीय शिक्षाको संस्कृतिलाई संस्थागत रूप दिँदै आएको नाम हाे, लर्ड बुद्ध एजुकेसन फाउन्डेसन (एलबीईएफ) ।

सन् १९९८ मा शिक्षाप्रेमी, समाजसेवी तथा दूरदर्शी व्यक्तित्व स्वर्गीय परमानन्द केजरिवालको परिकल्पनामा काठमाडौंको मैतीदेवीमा स्थापना भएको यस शैक्षिक संस्थाले गुणस्तरीय शिक्षा सुलभ रूपमा सबै वर्गसम्म पुर्‍याउने उद्देश्यका साथ आफ्नो यात्रा प्रारम्भ गरेको थियो। साढे दुई दशकभन्दा लामो यात्रामा एलबीईएफले केवल शैक्षिक संस्था मात्र नभई नेपालमा आईटी शिक्षाको रूपान्तरणको संवाहकका रूपमा आफ्नो विशिष्ट पहिचान निर्माण गरेको छ।

मलेसियाको प्रतिष्ठित एशिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसनसँगको शैक्षिक सहकार्यमा लर्डबुद्ध एजुकेसन फाउन्डेशनले स्नातक तहमा बीएस्सी आईटीतर्फ बी.एससी. (अनर्स) इन्फर्मेशन टेक्नाेलाेजी, क्लाउड इन्जिनियरिङमा विशेषज्ञता सहितको बी.एससी. (अनर्स) इन्फर्मेशन टेक्नाेलाेजी, इन्टरनेट अफ थिंग्स (आईओटी) मा विशेषज्ञता सहितको बी.एससी. (अनर्स) इन्फर्मेशन टेक्नाेलाेजी तथा बी.एससी. कम्प्युटर साइन्सर्फ बी.एससी. (अनर्स) कम्प्युटर साइन्स, साइबर सुरक्षामा विशेषज्ञता सहितको बी.एससी. (अनर्स) कम्प्युटर साइन्स, एआईमा विशेषज्ञता सहितको बी.एससी. (अनर्स) कम्प्युटर साइन्स र डेटा एनालिटिक्समा विशेषज्ञता सहितको बी.एससी. (अनर्स) कम्प्युटर साइन्स काेर्शहरु सञ्चालनमा रहेका छन् ।

सामान्य सुरुआतबाट अघि बढेको एलबीईएफ आज १,५०० भन्दा बढी विद्यार्थी र विश्वका विभिन्न मुलुकमा सक्रिय १४ हजारभन्दा बढी पूर्वविद्यार्थीहरूको सशक्त सञ्जाल भएको प्रतिष्ठित शैक्षिक केन्द्रका रूपमा विकसित भएको छ।

साहसिक सोच, प्रभावकारी निर्णय क्षमता र भविष्यप्रति सजग दृष्टिकोण भएका नेतृत्वकर्ता उत्पादन गर्ने मूल दर्शनलाई आत्मसात गरेको एलबीईएफले सिर्जनशीलता, आलोचनात्मक सोच, अनुसन्धान तथा नवप्रवर्तनलाई शैक्षिक प्रक्रियाको केन्द्रमा राखेको छ। विद्यार्थीलाई केवल शैक्षिक ज्ञानमा सीमित नराखी उद्योग–व्यवसायको आवश्यकताअनुसारको सीप, नेतृत्व क्षमता र विश्व प्रतिस्पर्धाका लागि आवश्यक दक्षता विकास गर्ने वातावरण संस्थाले निर्माण गरेको छ।

पछिल्ला वर्षहरूमा एआई, साइबर सेक्युरिटी, क्लाउड इन्जिनियरिङ, इन्टरनेट अफ थिङ्स तथा डाटा एनालिटिक्सजस्ता अत्याधुनिक विषयमा विशेषज्ञता सहितका कार्यक्रम सञ्चालन गरी संस्थाले उद्योग ४.O को आवश्यकताअनुरूपको जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखेको छ।

‘लर्निङ फर इम्प्लाेयविलिटी’ को अवधारणालाई व्यवहारमा उतार्दै एलबीईएफले शैक्षिक ज्ञानसँगै व्यावसायिक दक्षता, सञ्चार क्षमता, टोलीमा काम गर्ने संस्कार तथा समस्या समाधान गर्ने क्षमताको विकासमा विशेष जोड दिँदै आएको छ। शतप्रतिशत इन्टर्नसिपको सुनिश्चितता, उद्योगसँगको सहकार्य, विश्वस्तरीय पाठ्यक्रम, अनुभवी प्राध्यापक तथा अग्रणी डिजिटल पुस्तकालयमा पहुँचले विद्यार्थीलाई रोजगारमुखी र भविष्यका लागि सक्षम बनाउने वातावरण सिर्जना गरेको छ।

शैक्षिक उत्कृष्टताको यात्रामा एलबीईएफले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। एसएमयू अवार्ड–२००८ र २००९ प्राप्त गरेको संस्थाले विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत सयौं विद्यार्थीलाई कम्प्युटर तालिम प्रदान गर्नुका साथै हजारौं युवालाई डिजिटल साक्षरतामार्फत सशक्तीकरण गर्ने अभियानमा योगदान पुर्‍याएको छ।

आज २५ वर्षभन्दा लामो अनुभव, आधुनिक पूर्वाधार, ३० भन्दा बढी अत्याधुनिक कक्षाकोठा, दक्ष प्राध्यापक, विश्वव्यापी पूर्वविद्यार्थी सञ्जाल तथा अनुसन्धान र नवप्रवर्तनप्रतिको प्रतिबद्धतासहित एलबीईएफ नेपालमा भविष्यमुखी शिक्षाको पर्यायका रूपमा स्थापित भएको छ। ज्ञान, प्रविधि, नेतृत्व र मानवीय मूल्यको समन्वयमार्फत विश्वस्तरीय जनशक्ति उत्पादन गर्ने आफ्नो उद्देश्यलाई निरन्तर अगाडि बढाउँदै एलबीईएफ नयाँ पुस्तालाई केवल सफल पेशाकर्मी मात्र होइन, साहसी, प्रभावकारी र भविष्य निर्माण गर्न सक्षम नेतृत्वकर्ताका रूपमा तयार पार्ने अभियानमा समर्पित छ ।

Logo