मेट्सको शाखा चितवनको पर्सामा पनि

मेट्सको शाखा चितवनको पर्सामा पनि

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । धादिङ, ११, कात्तिक ।  

मेट्स इन्टरनेस्नल एजुकेशन एण्ड भिसा सर्भिसेसले चितवनको खैरेनीस्थित पर्सामा शाखा बिस्तार गरेको छ । मुख्य कार्यालय काठमाडौंमा रहेको मेट्स एजुकेशनले चौथो शाखाको रुपमा पर्सामा शाखा बिस्तार गरेको हो ।

शाखा कार्यालयको बिहिबार एक कार्यक्रमकाबीच इक्यान चितवनका अध्यक्ष जिवन रिजाल र निवर्तमान अध्यक्ष सोमबहादुर कँडेलले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै इक्यान चितवनका अध्यय रिजालले यस्ता संस्थाहरुले व्यवसाय मात्र नभई यथार्थपरक परामर्श दिनुपर्ने बताए ।

सो अवसरमा मेट्स एजेकेशनका प्रबन्ध निर्देशक प्रकाश पाण्डेले बिद्यार्थी र अभिभावकलाई सहि सुचना दिई लगानी सुरक्षित गर्ने काममा यस संस्थाले महत्वपूर्ण भूमिका खेल्ने दावी गरे । यस संस्थामार्फत बार्षिक २ सय जना बिदेश पढ्न जाने गरेको पनि उनले बताए । अष्ट्रेलियाको मेलवर्नमा रहेको मेट्स शाखा प्रमुख शंकर धरेलले आफ्नो संस्थाले विदेश पठाउने मात्र नभई सक्षम व्याक्ति समेत बनाउने बताए ।

मेट्सको मुख्य कार्यलय काठमाडौंको पुतली सडकमा रहेको छ भने पहिलो शाखा चितवनको नारायणघाटमा संचालन गरिएको थियो । दोस्रो शाखा काठमाडौंकै नयाँ बानेश्वरमा र तेस्रो शाखा पोखराको नयाँ सडकमा खोलिएको थियो । चितवनको पर्सामा चौथो शाखा उद्घाटन कार्यक्रममा केही समयपछि बुटवलमा शाखा बिस्तार गर्ने तयारी रहेको प्रवन्ध निर्देशक पाण्डेले जानकारी दिए ।

Logo