हवाइजहाजसम्बन्धी अन्तरराष्ट्रिय पाठ्यक्रम सञ्चालित

हवाइजहाजसम्बन्धी अन्तरराष्ट्रिय पाठ्यक्रम सञ्चालित

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २८ असोज । नर्दन लाइट एकेडेमी अफ एभिएशन एण्ड टेक्नोलोजी (नाट) कलेजले हवाइजहाजसम्बन्धी प्राविधिक पाठ्यक्रम सञ्चालन गरेको छ । 

कलेजले नेपालमै पहिलो पटक अन्तरराष्ट्रियस्तरको मान्यताप्राप्त विमानसम्बन्धी प्राविधिक विषय अध्ययनअध्यापन गर्न थालेको हो । बेलायतको सिटी एण्ड गिल्डस प्राविधिक शिक्षालयको सम्बन्धनमा कलेजले जहाजभित्रको व्यवस्थापक (एयर क्याबिन क्य्रु) र विमानस्थल व्यवस्थापक (एयरपोर्ट ग्राउण्ड ह्याण्डलिङ) सम्बन्धी अध्ययन सञ्चालन गरेको कलेजका प्रबन्ध निर्देशक राकेश सञ्जेलले बताए । 

अन्यले तालीम केन्द्रका रुपमा प्रयोगात्मक गराए पनि कलेजले भने छ महिनाको कक्षा नै सञ्चालन गरेर उक्त प्राविधिक विषय पढाउन थालेको जिकिर उनले गरे । “कक्षासहित तालीम दिएर हामीले उक्त कोर्ष पढाउन थालेका हौँ”, उनले भने । “पढेपछि विद्यार्थीले बेरोजगार बस्नुपर्दैन ।” विदेशमा यही पाठ्यक्रममा रु पाँच लाखसम्म खर्च लागे पनि कलेजले करिब रु एक लाख ६० हजारमा विद्यार्थीलाई पढाउने गर्छ । 

दश जोड दुई सकेर पढ्न सकिने उक्त अध्ययन गरिसकेपछि विद्यार्थीले हवाइजहाज चल्दा भित्री र विमानस्थलको बाहिरी व्यवस्थापन गर्ने छन् । नेपालमा हवाइजहाजसम्बन्धी परिचालिकाको मात्र तालीम हुने भएकाले यो पाठ्यक्रम नयाँ रहेको छ । रासस

Logo