स्पेल बीको फाइनलमा तीन कलेज

स्पेल बीको फाइनलमा तीन कलेज

केन्द्रबिन्दु
0
Shares

अङ्ग्रेजी भाषामा बोल्न, लेख्न र भाषिक शुद्धता विकास गर्ने उद्देश्यले सञ्चालित स्पेल बी टेलिभिजन कार्यक्रमको फाइनलमा तीन टिम पुगेका छन् ।
नेपालमा पहिलो पटक आयोजना गरिएको स्पेल बी कार्यक्रमको फाइनल राउण्डमा बुढानिलकण्ठ स्कुल, ख्वप कलेज र गोल्डेनगेट इन्टरनेशनल कलेज पुगेका हुन् । प्रतियोगिताको फाइनल आउँदो बिहीबार हुने छ ।

मलिन मिडिया एण्ड इभेण्टको आयोजनामा कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको स्पेल बीको सेमिफाइनलमा गोल्डेनगेट इन्टरनेशनल कलेजले केएमसी कलेज र डिएभी सुशील केडिया विश्वभारती कलेजलाई पराजित गरेको थियो । ख्वपः कलेज भक्तपुरले लिभरपुल इन्टरनेशनल कलेज र टेक्सास इन्टरनेशनल कलेजलाई पराजित गरेको थियो भने, बुढानिकलकण्ठ स्कुलले केएमसी र पोखराको गण्डकी कलेजलाई पराजित गरी फाइनल राउण्डमा प्रवेश गरेक थिए ।

चैत्र ३ गते देखी प्रसारण भएको स्पेल बी मा देशका विभिन्न १३ वटा सहरमा अडिसन गरिएको थियो । उक्त अडिसनमा ७ सय १९ वटा कलेजहरुले सहभागिता जनाएका थिए । स्पेल बीको विजेताले नगद एक लाख रुपैंया सहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् । फष्ट रनरअप र सेकेण्ड रनरअपले क्रमशः ७५ हजार र ५० हजार नगद सहित गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।

विद्यार्थी र टेलिभिजन हेर्ने दर्शकलाई अङ्ग्रेजी भाषा शुद्ध रूपमा उच्चारण गर्न र लेख्न सिकाउने अभिप्रायले स्पेल बी कार्यक्रम सञ्चालन गरिएको हो । आयोजक मलिन मिडियाका प्रमुख कार्यकारी अधिकृत महेश पोखरेलले पहिलो सिजनमा विद्यार्थी र कलेजहरुको सहभागिता र कार्यक्रमको टिआरपीले आफू उत्साहित भएको बताउँदै आगामी कार्यक्रम अझ भव्य र राम्रो बनाउने बताए । ‘नेपालमा स्पेल बी सम्बन्धी कुनै कार्यक्रम नभइरहेको अवस्थामा हामीले नौलो कार्यक्रम उत्पादन गरे पनि विद्यार्थी, अभिभावक र दर्शकको उत्साहपूर्वक सहभागिता पाएका छौँ ।’ उनले भने । उनले कार्यक्रमको दोस्रो सिजन आउँदो कार्तिकबाट सुरु गरिने बताए ।

स्पेल बी कार्यक्रमको मुख्य प्रायोजकमा नेपाल टेलिकम रहेको छ भने, प्रायोजकहरुमा कोलगेट, लिएगो स्टाइलिष्ट मोबाइल, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, डिएभी सुशील केडिया विश्वभारती कलेज, राईट पाथ करियर काउन्सेलिङ, ओली एण्ड एशोसिएटस्, ब्रिज ब्लु नेपाल, ग्रेस इन्टरनेशनल कन्सल्टेन्सी, श्रीनाथ कलेक्सन, पोखरा नुडल्स, नेपालय कलेज रहेका छन् ।
यसै गरी अन्य स्पोन्सरहरुमा गोल्डेनगेट इन्टरनेशनल कलेज, कंगारु एजुकेशन, बाबा एजुकेशन, मेट्स एजुकेशन, के एण्ड के ग्रुप, एनइए स्कुल, सिसिएमए, लिंकन कलेज, प्राइम सिए, रिलायन्स इन्टरनेशनल कलेज, ग्रामर पब्लिक स्कुल, पेप्सी, हिमाल स्टिल, ट्रेण्ड सेटर रहेका छन् । कार्यक्रमको एप पार्टनरमा हाम्रो पात्रो रहेको छ ।

Logo