सकियो तेस्रो नेपाल हाइयर एजुकेसन फेयर

सकियो तेस्रो नेपाल हाइयर एजुकेसन फेयर

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २९ साउन ।

उच्च शिक्ष हासिल गर्न तयार विद्यार्थीहरूका लागि आफ्नो लक्ष्य अनुरूप कुन विषय पढ्ने, कहाँ पढ्ने, कसरी पढ्ने आदि जस्ता प्रश्नबारे परामर्श दिँदै तेस्रो नेपाल हाइयर एजुकेसन फेयर २०१७ आइतबार सकिएको छ । भिजन मिडिया इन्कर्पोरेसन र एजुकेसन डट कम ले संयुक्त रुपमा आयोजना गरेको यो मेला दुई दिन चलेको थियो ।


दरबारमार्गस्थित होटल अन्नपूर्ण परिसरमा आयोजित मेलामा विद्यार्थीले करिब चार दर्जन शैक्षिक संस्था फेला पारे । उनीहरूले मेलामा व्यवस्थापन, आइटी र मानविकीका विभिन्न विषयबारे सोधीखोजी गरे । त्यहाँ बीबीए, एमबिए, बिएचएम, बीआइटी, बीआइएम, बीटीटीएम, बीएचटीएम लगायत कोर्स गर्न कहाँबाट कति खर्च लाग्छ भन्नेबारे चित्तबुझ्दो परामर्श पाउन पनि उनीहरू सफल रहे ।


मेलाको एक आयोजक संस्था एजुकेशन डटकमका प्रवन्ध निर्देशक एवं कार्यक्रम आयोजक जीवन लामा गोले भन्छन्, ‘यो उच्च शिक्षाका लागि आवश्यक परामर्श दिने र लिनेहरुको जमघट थियो । यसबाट उच्च शिक्षाका लागि तयारी गरिरहेकाहरु लाभान्वित भए भन्ने हाम्रो विश्वास छ ।’

Logo