एक लाखभन्दा बढीले शैक्षिक मेलाको अवलोकन गरे

एक लाखभन्दा बढीले शैक्षिक मेलाको अवलोकन गरे

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ८ साउन । शैक्षिक परामर्श सङ्घ (इक्यान) को ११औँ शैक्षिक मेलाको एक लाख ३१ हजार जनाले अवलोकन गरेका छन् ।

भृकुटीमण्डपमा चार दिनसम्म चलेको उक्त मेलाको आज अन्तिम दिन २५ हजार ५०० विद्यार्थी तथा अभिभावकले अवलोकन गरेका सङ्घका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिनुभयो ।

यसपटकको सहभागिताबाट आफूहरु उत्साहित भएको उहाँले बताउनुभयो । मेलामा २३६ कक्ष र १४ वटा पेभिलियनबाट व्यवसायीले विद्यार्थी तथा अविभावकलाई परामर्श दिएका थिए । मेलामा १३० भन्दा बढी शैक्षिक संस्था तथा १०० भन्दा बढी परामर्श व्यवसायीको सहभागिता थियो । रासस

Logo