विदेसी कलेजमा कसरी छात्रबृत्ति पाउने

विदेसी कलेजमा कसरी छात्रबृत्ति पाउने

केन्द्रबिन्दु
0
Shares

आशिष अर्याल । ६ साउन, काठमाडौं ।

कसरी प्राप्त गर्ने छात्रवृत्ति
विदेशका विभिन्न कलेज/युनिभर्सिटीले विभिन्न किसिमका छात्रवृत्ति बर्षैपिच्छे दिने गरेका हुन्छन् । यसरी आउने छात्रवृत्ति विद्यार्थीको योग्यता र दिने कलेज/युनिभर्सिटीले तय गरेको मापदण्डमा भरपर्छ । खासगरी उच्च बौद्धिक क्षमता भएका विद्यार्थीले छात्रवृत्तिका लागि प्रतिपर्धा गर्न सक्छन् । बौद्धिक क्षमता, सामाजिक क्षेत्रमा गरेको योगदान र सम्बन्धित कलेज/युनिभर्सिटीवाट लिइएको भाषास्तरमा उच्च स्कोर हासिल गरेका विद्यार्थीले छात्रवृत्ति पाउने संभावना बढी रहन्छ ।

विदेशको महंगो कलेज/विश्वविद्यालयमा अध्ययन गर्नका लागि आर्थिक हैसियतले नभ्याउन सक्छ । यस्तो अवस्थामा पढाई लगायतको क्षेत्रमा अब्बल स्थान हासिल गर्दै आएका विद्यार्थीहरुले छात्रवृत्ति मार्फत निशुल्क एवं कम शुल्कमा पढ्न सक्छन् ।
विदेशका कलेज तथा युनिभर्सिटीहरुले निश्चित कोटामा उपलव्ध गराएको छात्रवृत्ति प्राप्त गरी निशुल्क एवं कम शुल्कमा अध्ययन गर्न सकिन्छ । हुन त, छात्रवृत्ति प्राप्त गर्नु सामान्य कुरा भने होइन । यद्यपी केही नेपाली विद्यार्थीहरुले छात्रवृत्ति मार्फत नै विश्व चर्चित विश्वविद्यालयहरुवाट दक्षता हासिल गरिरहेका छन् ।

छात्रवृत्ति प्राप्त गर्नका लागि पहिला आफुले अध्ययन गर्न चाहेको कलेज/युनिभर्सिटीले छात्रवृत्तिको लागि कस्तो मापदण्ड तोकेको छ उक्त कुरा जान्नुपर्छ । त्यसैले छात्रवृत्ति पाउनका लागि आफुले परीक्षामा प्राप्त गरेको अंक, सामाजिक सेवाको क्षेत्रमा काम गरेको विवरण एवं प्रमाण देखाउनु पर्छ । कलेज/युनिभर्सिटीले तोकिएको मापदण्ड अनुसार आफु योग्य भए छात्रवृत्ति पाउने धेरै संभावना हुन्छ ।
छात्रवृत्ति विभिन्न किसिमका हुन्छन् । कतिपय ठाँउमा अध्ययनसहित खाने बस्ने समेत व्यवस्था हुनसक्छ भने कतिपयमा आंशिक सेवा एवं छुट दिएको हुनसक्छ ।

जापानमा छात्रवृत्ति
आधुनिक विश्वलाई चिहाउन एकपल्ट टेक्नैपर्ने देश हो जापान । अमेरिका, अष्ट्रेलिया जस्तै नेपाली विद्यार्थीहरुको लागि आकर्षक शैक्षिक गन्तव्य बनेको छ जापान । जापानमा अध्ययन गर्न चाहने विद्यार्थीले विभिन्न किसिमवाट छात्रवृत्ति प्राप्त गर्न सक्छन् ।

जापान सरकार छात्रवृत्ति
दुई लाख १७ हजार जापानी येन सम्मको मासिक रकम प्रदान गरिने यो छात्रवृत्ति विदेशका विद्यार्थीका लागि जापान सरकारले प्रदान गर्दै आएको छ । यो छात्रवृत्ति प्रत्येक वर्ष १० जना विदेशी विद्यार्थीलाई प्रदान गरिन्छ । यस अन्र्तगत स्थलगत अध्यययन सम्वन्धि भत्ता, मासिक पढाई शुल्क आदि पर्छ ।

हिताची छात्रवृत्ति
यो छात्रवृत्ति वार्षिक तीन जना विद्यार्थीलाई प्रदान गरिन्छ । यस छात्रवृति सम्वन्धि निर्णय जापानको हिताची लिमिटेडले गर्छ । मासिक कुल ७८ हजार ७ सय ५० जापानी येन वरावरको यो छात्रवृत्ति अन्र्तगत वसोवास, यात्रा खर्च लगायत विद्यार्थीले पाउँछन् ।

मात्सुमाय छात्रवृत्ति
यो छात्रवृत्ति प्राज्ञिक र अनुसन्धानमुलक कार्यको लागि प्रदान गरिन्छ । २ लाख २५ हजार देखि तीन लाख ७५ हजार जापानी येन सम्मको शैक्षिक सामग्री, यात्रा तथा वसाई खर्च प्राप्त गर्न सकिने यो छात्रवृत्तिको संख्या तोकिएको छैन । यसमा कुनै देशवाट टोकियो सम्मको हवाइ यात्रा, ट्याक्सी तथा स्वस्थ्य विमा समेत पर्छ ।

 

Logo