११ औं बृहत् शैक्षिक मेला शुरु

११ औं बृहत् शैक्षिक मेला शुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ५ साउन । नेपाली विद्यार्थीलाई स्वदेशी तथा विदेशी शिक्षा प्रणालीका बारेमा जानकारी गराउने उद्देश्यले बिहिवार देखि ११आँै बृहत् शैक्षिक मेला शुरु भएको छ ।

भृकुटीमण्डपमा शुरु भएको सो मेलाको नेपालका लागि श्रीलंकाका राजदूत डब्लुएस पेरेराले उद्घाटन गर्दै राजदूत पेरेराले शिक्षाको क्षेत्रबाट नेपाल र श्रीलंकाको सम्बन्ध अझ सुदृढ गर्नुपर्ने बताउनुभयो ।

उहाँले नेपालका विद्यार्थीलाई श्रीलंका सरकारले उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति दिँदै आएको भन्दै छात्रवृत्तिलाई अझ बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले आयोजना गरेको सो कार्यक्रममा शिक्षा विभाग शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा प्रमुख तारानाथ निरौलाले मेलाले विद्यार्थीलाई विदेशका शिक्षा प्रणालीको बारेमा जानकारी गराएर सहयोग पुर्याउने बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधार, शिक्षा पत्रकार सञ्जालका अध्यक्ष भवानीश्वर गौतमलगायतले सङ्घले विदेशमा रहेका दक्ष विद्यार्थीलाई नेपाल फर्काउनुपर्ने धारणा राख्नुभयो ।

सङ्घका अध्यक्ष प्रकाश पाण्डेले विद्यार्थीलाई विदेशमा अध्ययन गर्न जाँदा सजिलो होस् भनेर विदेशका विश्वविद्यालयको जानकारी गराउन र त्यहाँ प्राप्त हुने छात्रवृत्ति, सुविधा र गुणस्तरीय शिक्षामा पहुँच पुर्याउनका लागि मेला आयोजना गरिएको जानकारी गराउनुभयो ।


आइतबारसम्म चल्ने मेलामा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान फ्रान्सलगायत १५ देशका विश्वविद्यालय प्रतिनिधिको सहभागिता रहेको छ । मेलामा स्वदेश र विदेशका गरी ३ सय ७० स्टल राखिएको छ । रासस

Logo