त्रिविको लापरवाही : विषय एउटा, प्रश्न–पत्र अर्कै, विद्यार्थी आन्दोलित

त्रिविको लापरवाही : विषय एउटा, प्रश्न–पत्र अर्कै, विद्यार्थी आन्दोलित

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन विश्व विद्यालयले स्नातक तह तेस्रो वर्षको गणित विषयको परीक्षामा गलत प्रश्न-पत्र वितरण भएपछि आजको परीक्षा रद्द गरेको छ ।

त्रिविले वि.एड. तेस्रो वर्षको मूख्य विषय गणितको ‘एनलाइटिकल ज्योमेट्री (४३४)को परीक्षा तालिका भएपनि परीक्षार्थीलाई पहिलो वर्षको ‘क्याल्कुलश’ विषयको प्रश्न समावेश प्रश्न–पत्र वितरण गरेको थियो ।

गलत प्रश्न–पत्र वितरण भएपछि विद्यार्थीहरूले विरोध जनाएका कारण परीक्षा नियन्त्रण कार्यालय वल्खुले परीक्षा रद्द गरेको हो । प्रश्न–पत्र गलत भएको थाहा पाएसँगै विद्यार्थीले त्यसको विरोध जनाएका थिए । त्रिविले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको भन्दै विद्यार्थीले केहीबेर परीक्षा नियन्त्रण कार्यालय वल्खु पुगेर विरोध प्रदर्शनसमेत गरेका थिए ।

विद्यार्थीले विरोध जनाएसँगै परीक्षा नियन्त्रण कार्यालयले पुनः २३ गते परीक्षा गराउने आश्वासन दिएको र पछि विद्यार्थी सहमत नहुँदा छिट्टै सूचना निकालेर यसको निकास निकाल्ने बल्खुले जनाएको छ ।

Logo