ज्येष्ठ नागरिक र श्रमिक परिवारलाई ईक्यानद्वारा सहयोग

ज्येष्ठ नागरिक र श्रमिक परिवारलाई ईक्यानद्वारा सहयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) केन्द्रिय सामाजिक उत्तरदायीत्व विभागको पहलकदमीमा विपतको समयमा केहि सामाजिक सेवाका कार्यहरु भएका छन् ।

संस्थाको केन्द्रिय कार्यसमितिको निर्णय बमोजिम भक्तपुर जिल्लाको कौशलटारस्थित मानव सेवा आश्रममा आश्रित ४७ जना अशक्त एवम् असहाय व्यक्तिहरुको जिवीकोपार्जनमा भरथेग गर्ने उद्देश्यबाट १ (एक) महिनाको खानाको लागि अति आवश्यक खाद्य सामाग्रीहरु खरिद गरि हस्तान्तरण गरिएको छ ।

त्यस्तै ईक्यानले काठमाडौंको बालाजु औद्योगिक क्षेत्रका मजदुर तथा स्थानीय बिपन्न परिवारका बालबालिकाहरुलाई शिक्षा लगायत अन्य क्षेत्रमा सहयोग गरिरहेको संस्था होप वल्र्डवाइड नेपालद्वारा प्रर्वधित आशा बिधाश्रमलाई पनि आवश्यक सहयोग गरेको छ । ईक्यानले त्यहाँ आश्रीत ११० जना बिद्यार्थीहरुका लागि जिबिकोपार्जन सम्बन्धि आवश्यक सामग्रीहरु उपलव्ध गराएको हो ।

नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) नेपालको सबैभन्दा ठूलो र जेठो शैक्षिक परामर्शदाता संस्थाहरुको साझा छाता संगठन हो । ईक्यान जस्तो सुकै विपतमा पनि यथासक्य सामाजिक सेवामा प्रतिवद्ध रहँदै आएको छ ।

Logo