हिमालयन ह्वाइट हाउस कलेजः अमेरिकी शैक्षिक अवधारणाअनुरुप सञ्चालित (भिडियोसहित)

हिमालयन ह्वाइट हाउस कलेजः अमेरिकी शैक्षिक अवधारणाअनुरुप सञ्चालित (भिडियोसहित)


‘विद्यार्थीको सफलता नै कलेजको सफलता’ भन्ने नारासहित २१ वर्षअघि स्थापना भएको कलेज हो–हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेज। ‘प्लस टु’देखि स्नातक र स्नातकोत्तरसम्मको पढाइ हुँदै आएको ह्वाइट हाउसको मुख्य कार्यक्रम भने ‘प्लस टु’ नै हो।

हिमालयन ह्वाइट हाउसमा ‘प्लस टु’ विज्ञान संकायमा भर्ना हुन कम्तीमा २.८ जिपिए र व्यवस्थापन तथा मानविकी संकायमा भर्ना हुन कम्तीमा २.४ जिपिए आवश्यक हुन्छ। यससाथै कलेजमा स्पेसल ल तथा मानविकीका कक्षा सञ्चालन भइरहेका छन्। 

‘हाम्रो कलेजको मुख्य लक्ष्य विद्यार्थीलाई व्यावहारिक र प्रयोगात्मक शिक्षा उपलब्ध गराउनु रहेको छ,’ कलेजका कार्यकारी निर्देशक नारायण काफ्ले भन्छन्, ‘यसका लागि फिल्डवर्कलाई विशेष प्राथमिकता दिइनेछ। विद्यार्थीका सपनालाई साकार बनाउन वातावरण बनाइदिने काम गर्छौं।’ 

अमेरिकी शैक्षिक अवधारणाअनुरुप सञ्चालित यस कलेजमा विदेशी प्रोफेसर तथा विषय विज्ञले अध्यापन गर्दै आएका छन्। यो सबल र सक्षम नागरिक उत्पादन गर्ने उद्देश्यसाथ अनवरत रूपमा उत्कृष्ट नतिजा प्रदान गर्दै आइरहेको शैक्षिक संस्थासमेत हो।

हिमालयन ह्वाइट हाउस कलेजले विशेष गरी पाँचवटा कोड भ्यालुमा काम गर्ने कलेजका कार्यकारी निर्देशक काफ्लेको भनाइ छ। काफ्लेका अनुसार विद्यार्थीको सफलतालाई नै कलेजले केन्द्रबिन्दुमा राख्ने गरेको छ। ‘नयाँ कुराको आविष्कारमा विशेष जोड दिन्छौं, जसले विद्यार्थीमा नयाँ–नयाँ कुरा खोजी गर्ने, अनुसन्धान गर्ने बानी विकास हुन्छ। त्यस्तै, अनुशासन मूलमन्त्रका रुपमा आत्मसात गराइनेछ। आफ्नो लक्ष्य तथा सपनाप्रति विद्यार्थीले गर्व गर्न सक्नेछन्,’ उनी भन्छन्।

‘करिअर’ आधारित सिकाइका  आधारमा पठनपाठन गराउँदै आएको यस कलेज काठमाडौँको तीनकुनेमा १५ रोपनी क्षेत्रफलमा फैलिएको छ। यस कलेजमा अत्याधुनिक, सुविधासम्पन्न र शिक्षामैत्री भौतिक संरचना उपलब्ध छन्। विज्ञान तथा कम्प्युटर प्रयोगशालादेखि यातायात, क्यान्टिन, लाइब्रेरीलगायत सुविधा रहेको यस कलेजमा पढाइका साथै अतिरिक्त क्रियाकलापलाई प्राथमिकतासाथ अघि बढाइएको छ। 

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न कार्यक्रममा यस कलेजले विद्यार्थीलाई सहभागी गराउँदै आएको छ। जसमा अमेरिकास्थित नासाको अवलोकन भ्रमणदेखि सिंगापुर, चीनजस्ता विश्वका टेक्नोलोजीमा अब्बल देशहरुमा हुने कार्यक्रममा विद्यार्थीलाई सहभागी बनाउन प्रोत्साहित गरिँदै आएको छ। 

विद्यार्थीलाई विभिन्न छात्रवृत्ति दिँदै आएको यस कलेजले विद्यार्थीको करिअरलाई सहयोग पुग्ने शैक्षिक कार्यक्रमलाई प्राथमिकतामा राखेको कार्यकारी निर्देशक काफ्लेको भनाइ छ।
 
उचित शैक्षिक वातावरण, सर्वोत्कृष्ट नतिजा र विद्यार्थीहरूको सफलताकै कारण हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेज नेपालकै उत्कृष्ट १० कलेजमा पर्न सफल भएको छ। 

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, शरद भेस्वाकर, डा. विशाल ज्ञवाली, नायिका केकी अधिकारी र चर्चित उद्यमी विपुल काब्रा यसै कलेजका ‘पासआउट’ विद्यार्थी हुन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला 

Logo