जीवन उपयोगी शिक्षा र सीप प्रदान गर्ने आइएसटी कलेज (भिडियोसहित)

जीवन उपयोगी शिक्षा र सीप प्रदान गर्ने आइएसटी कलेज (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

इन्टरनेसनल स्कुल अफ टुरिजम् एन्ड होटल म्यानेजमेन्ट (आइएसटी) कलेजले स्थापना कालदेखि अहिलेसम्म आफूलाई अब्बल कलेजका रूपमा स्थापित गरेको छ।

टुरिजम् र होटल म्यानेजमेन्ट क्षेत्रमा अनुकरणीय बन्दै गएको यस कलेजमा ‘प्लस टु’ र स्नातक तहको पढाइ हुन्छ। नेपालमै उत्कष्ट ‘हस्पिटालिटी’ एजुकेसन उपलब्ध गराउने उद्देश्यसहित सन् २००४ मा स्थापना भएको यो कलेज काठमाडौंको ज्ञानेश्वरमा अवस्थित छ। 

सार्ल्जबर्ग युनिभर्सिटी अफ एप्लाइड साइन्स, अस्ट्रियाको सम्बन्धनमा सञ्चालित यस कलेजले न्यून मूल्यमा युरोपियन डिग्री उपलब्ध गराइ रहेको छ। स्नातक तहमा अन्तर्राष्ट्रिय स्तरको होटल म्यानेजमेन्ट अध्यापनका लागि पूर्वाधार तयार गरेको हुनाले ‘आइएसटी’ ‘प्लस टु’ तहमा पनि होटल म्यानेजमेन्ट अध्ययनका लागि अब्बल छ। 

‘हामीले विद्यार्थीलाई कागजी सर्टिफिकेट मात्रै नभएर जीवनोपयोगी शिक्षा र सीपसमेत प्रदान गर्दै आएका छौँ,’ आइएसटी कलेजकी प्रिन्सिपल सम्झना बस्न्यात आफ्नो कलेजको विशेषताबारे जोड दिँदै भन्छिन्। 

आइएसटी युनिभर्सिटी ग्रान्ट कमिसनबाट स्वीकृति प्राप्त नेपालको एक मात्र होटल म्यानेजमेन्ट कलेज भएकाले यस कलेजले गुणस्तरमा फड्को मारेको प्रिन्सिपल बस्न्यात बताउँँछिन्। 

होटल म्यानेजमेन्ट कलेजका लागि चाहिने सम्पूर्ण सुविधायुक्त यस कलेजमा बेकरी, बार, प्राक्टिकल किचन, प्राक्टिकल रेस्टुरेन्ट, हाउस किपिङका लागि मेकअप रुम, होटल रिजर्भेसन सिस्टमलगायत सुविधा छन्, जसले यस कलेजलाई होटल म्यानेजमेन्ट अध्ययनका लागि उपयुक्त बनाएको छ। 

टुरिजम् र होटल म्यानेजमेन्ट शिक्षा क्षेत्रमा उदाहरणीय र अनुकरणीय बन्न सफल यस कलेजमा प्लस टु’ र ब्याचलर लेभलको पढाइ भइरहेको छ। 

यस कलेजबाट २ हजारभन्दा बढी विद्यार्थी ग्राजुएट भएर स्वदेश तथा विदेशमा थप अध्ययन गर्नुका साथै कतिपयले आफ्नै व्यवसाय सुरु गरिसकेका प्रिन्सिपल बस्न्यातको भनाइ छ। 

यस कलेजले वर्षेनी ‘प्लस टु’ अध्ययनका लागि २ सय विद्यार्थी  छनोट गरेर भर्ना लिन्छ। आइएसटीको विशेषता भनेको यसको लोभलाग्दो भौतिक संरचना पनि हो। 

अध्ययन पूरा गरेपछि कलेजका कुनै पनि विद्यार्थीले बेरोजगार बस्नु नपरेको आइएसटी कलेजका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र बज्राचार्यको भनाइ छ। ‘मुलुकका सम्पूर्ण चारतारे, पाँचतारे होटलले आफ्ना कर्मचारीको आवश्यकता परेमा सिधै यस कलेजमा सम्पर्क गर्ने गरेका छन्,’ बज्राचार्य भन्छन्। 

नेपालमै अन्तर्राष्ट्रियस्तरको होटल म्यानेजमेन्ट अध्ययन गर्न चाहने विद्यार्थीका लागि आइएसटी उपयुक्त कलेज भएको कलेजका विद्यार्थीहरूको अनुभव छ। 

कलेजको शतप्रतिशत नतिजा रहेको र सबैले बजारमा काम पाएका कलेजका निर्देशक तेजबहादुर ढकालको भनाइ छ। ‘यिनै विभिन्न आधारले हामी सर्वोकृष्ट कलेजभित्र पर्दछौं,’ कलेजका निर्देशक ढकाल भन्छन्। अहिलेसम्म आइएसटी कलेजका पाँचहजारभन्दा बढी विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरिसकेका उनको धारणा छ। 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला 

Logo