युवाहरु निराश हुन जरुरी छैनः अर्थमन्त्री शर्मा

युवाहरु निराश हुन जरुरी छैनः अर्थमन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले अबको एक दशकसम्म युवा पुस्ताले देश विकासका लागि दुःख गर्नुपर्ने बाध्यता रहेको धारणा राखेका छन् ।

बुधवार ज्ञानकुञ्ज एजुकेशन फाउण्डेशन भवनको शिलान्यास कार्यक्रममा अर्थमन्त्री शर्माले उक्त धारणा राखेका हुन् । 

युवा पुस्ताले अबको एक दशक देश विकासका लागि समय ननिकाल्ने हो भने वृद्धावस्थामा देश विकास गर्छु भनेर पनि नसकिने उनको भनाइ थियो । उनले प्रकृतिले दिएको सुन्दर उपहारले नेपाल भरिपूर्ण भएकोले शैक्षिक र सक्षम जनशक्ति तथा श्रोतको एकताबाट मात्रै देश विकास सम्भव हुने बताए । 

अर्थमन्त्री शर्माले युवाले देखेको देशको विकास र समृद्धिमा भ्रष्टाचार, राजनैतिक समस्या भइरहेकोले  युवाहरु निराश भएको तर अब त्यस्तो नैराश्यता पैदा हुन नदिने बताए ।

 

Logo