‘होटल तथा टुरिजम म्यानेजमेन्ट अध्ययनका लागि आइएसटी कलेज एउटा ब्राण्ड हो’

‘होटल तथा टुरिजम म्यानेजमेन्ट अध्ययनका लागि आइएसटी कलेज एउटा ब्राण्ड हो’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले हरेक क्षेत्रमा संकट निम्त्याएको छ । कोरोनाले विश्व अर्थतन्त्रलाई समेत तहसनहस बनाएको छ । विश्वभरका नै अधिकांश उद्योग, व्यापार व्यवसाय पलायन हुने अवस्थामा पुगेका छन् ।

यो महामारीबाट नेपाल पनि अछुतो रहेको छैन । नेपालले पनि विगत ६ महिनादेखि कोरोना महामारीको सामना गरिरहेको छ । यो महामारीले ६ महिनादेखि सामाजिक, सांस्कृति, शैक्षिक क्षेत्र समेत प्रभावित बनेको छ । कोरोनाको प्रभावले यतिबेला शैक्षिक क्षेत्र डामाडोल अवस्थामा पुगेको छ । यसरी शैक्षिक क्षेत्र प्रभावित हुँदा लाखौं विद्यार्थीहरु विद्यालय जानबाट बन्चित भएका छन् ।

अध्ययनको अध्याय नै परिर्वतन गर्नुपर्ने भएको छ । उच्च शिक्षा लिनका लागि शहर पसेका लाखौं विद्यार्थीहरुको भविष्य अन्यौल बन्दै गएको छ । भन्ने गरिन्छ ‘शिक्षा आँखाको ज्योति हो’ शिक्षा बिना जीवन अन्धकार हुन्छ.। तर अहिले यो भनाई भन्दा फरक रुपमा लिनु पर्ने अवस्था र्सिजना भएको छ । मानव जीवन बाँचे शिक्षा भोलि आर्जन गरौंला पहिले जीवनको रक्षा गरौं भन्ने दिन आएका छन् । अहिले मानव जीवन रक्षाका लागि सबै प्रकारका क्रियाकलाप बन्द गरेर घरको कोठा थुनेर बस्नु पर्ने अवस्था रहेको छ ।

मानव जीवनको यो एउटा चुनौतिको रुपमा खडा भएको महामारीले नयाँ पाठ पनि सिकाइ रहेको छ । मानिसको जीवन शैली, बानी व्यवहारमा परिर्वतनदेखि काम गर्ने पद्धती र सिकाइको प्रक्रिया पनि परिर्वतन भएको छ । अहिले विश्वले नै सिकाइका लागि विश्वमा भएका सबै नयाँ टेक्नोलोजी तथा नयाँ प्रविधिको खोज गरिरहेको छ । त्यसैले यसको प्रभाव नेपालको शैक्षिक क्षेत्रमा पनि परेको छ । अहिले ६ महिनादेखि बन्द रहेका शैक्षिक संस्थाहरुले आफ्ना विद्यार्थीहरुलाई कसरी अध्यापन गराउने भनेर प्रतिष्पर्धा नै सुरु भएको छ ।

अहिले यो महामारीका बिच पनि हामीले प्रविधिको माध्यमबाट शिक्षण सिकाइ गर्नु पर्ने भएको छ । अहिले नेपालमा एसइईको नतिजापछि कक्षा ११ मा भर्ना सञ्चालमा आउन थालेको छ । एसइईपछि भविष्य बनाउनका लागि तथा गुणस्तरिय उच्च शिक्षाका लागि कस्तो शैक्षिक संस्थाहरु छनोट गर्ने भन्ने चिन्तामा अभिभावक तथा विद्यार्थीहरु रहका छन् । अझ अहिले कोरोना महामारीको अवस्थाले झन बढी चिन्तित रहेका छन् । तर, यो अहिलेको परिस्थिती अनुसार शैक्षिक संस्थाले पनि भर्ना प्रक्रियादेखि अध्यापनको प्रक्रिया नै परिर्वतन गरेका छन् । यो समय अनुकुल विद्यार्थीलाई अध्यापन गराउने नेपालकै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा परिचित आइएसटी कलेज अग्रणी रहेको छ ।

आइएसटी कलेजले यो महामारीको समयमा कक्षा ११ मा नयाँ भर्नाको तयारी कसरी गरिरहेको छ ? कलेजले विद्यार्थीहरुलाई कसरी अध्यापन गराइरहेको छ ?

प्रस्तुत छ, कलेजकी प्रिन्सिपल सम्झना बस्न्यातसँग गरिएको कुराकानीका आधारमा तयार पारिएको यो सामाग्री ।

काठमाडौंको ज्ञानेश्वरस्थित जर्मन दूतावासको नजिक आइएसटी कलेज रहेको छ । यो कलेज सन् २००४ मा स्थापना भएको थियो। टुरिजम स्कुल साल्जबर्ग अष्ट्रियाबाट सम्बन्धन प्राप्त रहेको यस कलेजमा स्नातक तह र प्लस टु लेभलमा होटल म्यानेजमेन्ट र टुरिजम म्यानेजमेन्टमा पढाइ भइरहेको छ ।

आइएसटी कलेज नेपालको होटल तथा टुरिजम म्यानेजमेन्ट क्षेत्रको सर्वोत्कृष्ट कलेजको रुपमा स्थापित भएको छ । अहिलेसम्म यो कलेजबाट ५ हजार भन्दा बढी विद्यार्थीले अध्ययन गरेका छन् भने २ हजार भन्दा बढी विद्यार्थीहरु यो कलेजबाट अध्ययन सकेर बाहिरिएका छन् । यसरी बाहिरिएका विद्यार्थीहरु कतिपय नेपालमा तथा विदेशमा अध्ययन गरिरहेका छन् भने कति विद्यार्थीले आफै‌ँले केही गरेर बसेका छन् ।

यस कलेजले स्थापना भएदेखि नै होटल म्यानेजमेन्टको क्षेत्रमा गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको छ । त्यसैले पनि यो एउटा ब्राण्ड बनिसकेको छ । ब्राण्ड बनेकाले पनि यो कलेज सबैको रोजाइमा पर्ने गर्दछ । कलेजले अध्ययन गर्न आउने विद्यार्थीका लागि कोर्श सक्ने भन्दा पनि गुणस्तरिय शिक्षालाई प्राथमिकता दिएर यस कलेजबाट बाहिर जाँदा पनि सबै क्षेत्रमा फिट हुने गरी अध्ययन गराउने गरेको छ । त्यस्तै यहाँ पढेका विद्यार्थीले रोजगारी पाउनका लागि भौतारिनुपर्ने भन्दा पनि रोजगारीको ग्यारेण्टी दिने गरी पढाइ हुने हुनाले सबै होटेल र दुरिजम म्यानेजमेन्ट पढ्न चाहने विद्यार्थीको रोजाइमा पर्ने गरेको छ ।

यहाँ अध्ययन गरेका विद्यार्थीले रोजगारीका लागि भौतारिनु नपर्ने भएकाले पनि आइएसटी कलेज सधैं विद्यार्थीको रोजाइमा पर्ने गरेको छ ।

यस कलेजले अध्ययन गर्ने विद्यार्थीका लागि फाइनल परीक्षालाई मात्रै प्राथमिकता नदिएर विभिन्न किसिमका अन्य मूल्यांकनका आधारमा विद्यार्थी परिपक्क हुने गरि कार्यक्रम ल्याएको छ । यहाँका विद्यार्थीले बोर्ड परीक्षामा शतप्रतिशत रिजल्ट ल्याएका छन् । अहिले विश्वभर नै दुर शिक्षा अनलाइन प्रणालीको विकास भइरहेको छ । सुरु सुरुमा नेपालमा यसको सिकाईका लागि केही समय लागे पनि अहिले यसको प्रयोग सामान्य बन्दै गएको छ । यस कलेजले पनि अहिले सम्पूर्ण विषयमा अनलाइनमार्फत नै कक्षाहरु सञ्चालन गरिरहेको छ ।

कलेजले विद्यार्थीहरुसँग मात्रै नभएर शिक्षक तथा अभिभावकहरुसँग पनि अनलाइनबाट नै संबाद गरिरहेको छ । कलेजले यो महामारीको परिस्थिती अनुकूल भएर कलेज आउने बातावरण नभएसम्मका लागि अनलाइन कक्षा निरन्तर रुपमा सञ्चालन गरिरहने जनाएको छ । अहिले महामारीका कारणले विभिन्न दुरदराजमा रहेका विद्यार्थीका लागि कलेजले नेपाल टेलिकमले दिएको डाटाप्याक विद्यार्थीका लागि निःशुल्करुपमा दिइरहेको छ ।

कतिपय यो सुविधाभन्दा बाहिर रहेका तथा अनलाइनमा जोडिन नपाएका विद्यार्थीहरुका लागि अनलाइनमा भएको रेकडेट हेर्न लगाउने तथा व्यक्तिगत फोन संबादबाट अथवा सम्बन्धित विषय शिक्षकले समन्वय गरेर सेवा दिइरहेको छ । अहिले विद्यार्थीहरु कलेजमा आएर पढ्ने वातावरण नहुन्जेल डेमो देखाएर तथा सैद्धान्तिक विषयको मात्रै अध्यापन गराइरहेको छ ।

आइएसटी कलेजमा पढ्ने विद्यार्थीले प्लस टुको सर्टिफिकेट पाउनुका साथै दुई वर्ष पछि साल्जबर्ग युनिभर्सिटी एपलिइड साइन्स अष्ट्रियाबाट भोकेसनल सर्टिफिकेट पनि पाउने छन् । अहिले नयाँ भर्नाका लागि अनिवार्य कलेजमा नै उपस्थिती हुनु पर्ने अवस्था रहेको छैन । सबै काम अनलाइन प्रणालीमार्फत गर्ने व्यवस्था गरिएको छ । कलेजले सरकारको प्रक्रियामार्फत दिने सक्षम विद्यार्थीहरुका लागि छात्रबृत्ति प्रदान गर्दै आएको छ ।

आइएसटीमा पढ्न आउने विद्यार्थीका लागि कलेजले पढाइलाई मात्रै नभएर गुणस्तरिय शिक्षा दिने गरेको छ । यसले सर्टिफिकेट मात्र नभएर सिप विकास गराउने भएकाले यहाँबाट बाहिर जाँदा रोजगारीका लागि सिप प्राप्त गरेर बाहिरिने गर्दछन् । त्यसका लागि कलेजले विद्यार्थीको व्यक्तित्व विकासका लागि, सिप विकास तथा प्रयोगात्मक सिकाइ पाउने तथा ३ महिनासम्म उद्योगमा प्रयोगात्मक अभ्यास गरेर अनुभवी बनाएर पठाउने गरेको छ ।

विद्यार्थी तथा अभिभावकले राम्रो कलेज छान्ने भनेको कलेजको बजारमा कस्तो प्रभाव परेको छ, त्यो कलेजमा पढेर बाहिर निस्केका विद्यार्थीको क्षमतालाई हेरेर छान्नु पर्छ । कलेजबाट बाहिरिएका विद्यार्थीको अनुभव तथा उनीहरुको अनुभवका आधारमा पनि कलेज छान्ने गर्नु राम्रो हुन्छ ।

कलेजमा शिक्षकहरुको क्षमता तथा कलेजले विद्यार्थीका लागि के दिन्छ भन्ने कुरा पनि हेर्नुपर्छ । होटल तथा टुरिजम म्यानेजमेन्ट भएकाले यहाँ पढेका विद्यार्थीको माग कतिको छ त्यसलाई बुझेर भर्ना हुनु पनि राम्रो हुन्छ । अब ११ कक्षामा भर्ना हुने एसइइ दिएर बसेका विद्यार्थीहरुका लागि यो समय करियर बनाउने समय रहेकाले उनीहरुका लागि आइएसटी कलेजले हर-सम्भव प्रयास गरिरहेको छ ।

Skip This
Skip This
Logo