घरपायक क्याम्पसबाट परीक्षा दिने तयारीमा त्रिभुवन विश्व विद्यालय

घरपायक क्याम्पसबाट परीक्षा दिने तयारीमा त्रिभुवन विश्व विद्यालय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

त्रिभुवन विश्व विद्यालयले भौतिकरुपमा उपस्थित हुन नसकेका विद्यार्थीलाई घरपायक क्याम्पसबाट परीक्षा दिने तयारी गरेको छ । सरकारले सक्रिय संक्रमितको संख्या २५ हजारमाथि पुगे पुनः लकडाउन गर्न सक्ने जनाएपछि त्रिविले घरपायक क्याम्पसबाट परीक्षा दिन सक्ने व्यवस्थासहितको तयारी थालेको हो ।

त्रिविका रजिस्ट्रार प्राडा पेशल दाहालले सरकारले पुनः लकडाउन गरे घरपायकको क्याम्पसमा भए पनि परीक्षा दिने व्यवस्था गर्न लागेको जानकारी दिए। उनले भने – ‘अहिले भौतिकरुपमै परीक्षा दिने व्यवस्था गरेका छौं, परिस्थिति बदलिएर पुनः लकडाउन भए सबै वैकल्पिक व्यवस्थासहित घरपायक परीक्षा दिने योजना बनाएका छौं ।’

त्रिविको परीक्षा सञ्चालक समितिको बैठकले मंसिरमा परीक्षा गर्ने गरी सबै तयारी गर्न डीन कार्यालयलाई निर्देशन दिएको थियो । डीन कार्यालयले सबै क्याम्पसलाई परीक्षाको तयारी थाल्न निर्देशन दिइसकेको छ ।

डीन कार्यालयले सबै क्याम्पसका विद्यार्थीको अवस्थाबारे जानकारी लिइसकेको छ । कुन विद्यार्थी कहाँ ⁄ छन् लकडाउन खुलेसँगै राजधानी वा क्याम्पससँग सम्पर्क गरेका छन् कि छैनन लगायतका विषयमा समेत अध्ययन भइरहेको जानकारी गराउँदै रजिस्ट्रार दाहालले भने, – ‘दशैं अघि यथार्थ विवरण आएपछि मोडलको बारेमा जानकारी दिनेछौं ।’

पनिकाले अनलाइन वा अन्य विश्व विद्यालयकै जस्तै निश्चित समय दिएर ओपन बुक मोडलमा परीक्षा लिने तयारीसमेत गरेको छ । यो मोडलमा परीक्षा हुनु केही मिनेट अघि क्याम्पसले इमेलबाट प्रश्नपत्र पठाउने र विद्यार्थीले तोकेको अवधिमा फोटो खिचेर वा स्क्यानिङ गरी उत्तरपुस्तिका पठाउनु पर्ने हुन्छ ।

परीक्षाका प्रमुखसमेत रहेका रजिस्ट्रार दाहालले पहिलो चरणमा स्नातकोत्तर तहका करिब २५ हजार विद्यार्थीको परीक्षा लिने विषयमा छलफल भइरहेको उल्लेख गरे।

उनले प्राइभेट, एमपीए र राजनीतिशास्त्रका अन्तिम वर्षका विद्यार्थीको संख्या अधिक भएकाले पहिलो चरणमा सो तहको परीक्षा लिनुपर्ने बताए। तर परीक्षाका वैकल्पिक विधि अपनाउन नसक्दा भदौदेखि सञ्चालन गरिने भनेको परीक्षा अझै अनिश्चित कायमै छ ।

त्रिवि प्राध्यापक संघका अध्यक्ष सहप्राध्यापक वसन्त ढकालले ५ महिना पुगिसक्दा पनि परीक्षा सञ्चालन गर्न नसक्नु परीक्षा नियन्त्रण कार्यालयको चरम लापरबाही भएको आरोप लगाए ।नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo