काठमाडौं ।
नेपालको शैक्षिक जगतमा विगत २० वर्षदेखि अनवरत सेवा प्रदान गरिरहेको शैक्षिक संस्था हो नेपाल काष्ठमण्डप कलेज । यस कलेजले प्लस टु र स्नातक तहमा निरन्तररुपमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको कुरा सर्वविदितै छ ।
सर्टिफिकेटको नतिजा त्यतिबेला अर्थपूर्ण हुन्छ जब कुनै व्यक्तिले प्रभावकारी ढंगले आफ्नो व्यवहारिक जीवन निर्वाह गर्न सक्छ । हो, यही मान्यतालाई आत्मसाथ गर्दै संचालनमा छ नेपाल काष्ठमण्डप कलेज ।
सफल र सक्षम नागरिक उत्पादन गर्ने मुख्य उद्धेश्य बोकेर संचालनमा रहेको यस कलेजले थुप्रै डाक्टर, इञ्जिनियर तथा व्यवस्थापकहरु उत्पादन गरिसकेको छ । यस कलेजमा प्लस टु अन्तर्गत विज्ञान, व्यवस्थापन, कानून, शिक्षा, मानविकी संकायको पठनपाठन भइरहेको छ । यस्तै स्नातक तहमा बीबीए, बिसिए र बिबिएस कार्यक्रम संचालनमा छन् भने मास्टर्स लेभवमा एमबीएस प्रोग्राम संचालनमा छन् ।
देशभरका विद्यार्थीहरुको रोजाइको गन्तब्य बन्न सफल यस कलेजमा अहिले मात्रै १५ सय विद्यार्थी अध्ययनरत छन् । उत्कृष्ट नतिजा मात्रै होईन विद्यार्थीहरुमा असल व्यवहारको विकास गराउन पनि उत्तिकै दत्तचित्त छ, यो कलेज । यहाँ अध्ययन गरेका विद्यार्थीहरुले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्टिय विश्व विद्यालयहरुमा उत्कृष्ट अंकका साथ सफलता हासिल गरेको थुप्रै उदाहरणहरु छन् ।
अत्याधुनिक भौतिक संरचनाले भरिपूर्ण यस कलेजले पठनपाठनका आधुनिक पद्धतीहरु अवलम्वन गर्दै प्रयोगात्मक क्रियाकलापहरुलाई पनि उत्तिकै जोड दिँदै आएको छ । कलेजमा शिक्षामैत्री भौतिक संरचनाका साथै होटल म्यानेज्मेन्ट, साइन्स र कम्प्युटर ल्यावहरुको उच्चतम सुविधा रहेको छ ।
विद्यार्थीहरुको भविष्यलाई ध्यानमा राखि यस कलेजले चीन र अमेरिकाका विभिन्न कलेजहरुसँग समेत समन्वय गरिरहेको छ । समयको मागलाई ख्याल गर्दै यस कलेजले खेलकुद, यातायात, होस्टेल, क्यान्टिन लगायतको सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । यहाँ अध्ययनरत विद्यार्थीहरु पनि कलेजको सेवा र सुविधाबाट सन्तुष्ट देखिन्छन् ।
कोरोना भाइरस महामारीलाई अवसरकारुपमा बदल्दै यस कलेजले विद्यार्थीहरुलाई नियमितरुपमा अनलाइन क्लासको व्यवस्था गर्दै आएको छ । यस कलेजले नेपाल टेलिकमसँग स्म्झौता गरी विद्यार्थीको घरघरमै इन्टरनेटको व्यवस्था गरि पठनपाठनलाई थप प्रभावकारी बनाएको छ ।





























प्रतिक्रिया