इन्लाईटिन इन्टरनेसनल एजुकेसन १४ औं वर्षमा प्रवेश

इन्लाईटिन इन्टरनेसनल एजुकेसन १४ औं वर्षमा प्रवेश

केन्द्रबिन्दु
0
Shares

नेपालबाट उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गरि बागबजारमा मुख्य कार्यालय रहने गरि सन् २००९ को डिसेम्बर ९ का दिन विधिवतरुपमा दर्ता गरि सञ्चालनमा आएको इन्लाईटिन इन्टरनेसनल एजुकेसन प्रा. लि. ले १३ औं वसन्त पार गरेको छ। 

नेपालबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा, बेलायत, न्युजिल्याण्ड र जापानमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुलाई सहज बनाउन सहजिकरणको भूमिका निर्वाह गर्दै आएको र विद्यार्थी अध्ययन गर्न जाने देशमा त्यहाँको वातावरण, हावापानी, शिक्षा प्रणाली, छात्रवृत्ति, सम्बन्धित देशको अन्तर्राष्ट्रिय विद्यार्थीहरुले पालना गर्नु पर्ने निति, नियम, कलेज, विश्वविद्यालयका विषयमा परामर्श एवम ती मुलुकमा जान चाहने विद्यार्थीको भिजा प्रक्रियामा चाहिने आवश्यक कागजपत्रको लागि गाईड गर्दै आईरहेको छ । साथै IELTS र जापानीज भाषाका कक्षाहरु सञ्चालन गर्दै आईरहेको छ ।
   
दक्ष अनुभवि एवम TITI, ICEF, QEAC, BC, CCEA, USATC, ISANA  जस्ता कोर्ष गरेका Certified Counselors हरुद्वारा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुलाई निरन्तर मार्गनिर्देशन गरिरहेका छन् । संस्थाले विद्यार्थी अध्ययन गर्न जाने देशमा उच्च शिक्षा हासिल गर्न समन्वय छ कि छैन ? पार्टटाइम जबको अवस्था कस्तो छ ? नेपालमा के कस्ता तयारीहरु गर्ने ? पढि सकेपछि काम गर्ने अवसर के छ ? डिपेन्डेन्ट भिसाको अवस्था के छ ? लगायत बारेमा सत्य तथ्यमा आधारित जानकारीहरु गराउँदै आएको छ।
   
विश्वभर २१५ भन्दा बढी देशमा कलेज र विश्वविद्यालयहरुसँग सम्बन्धन लिई नेपालमा बुटवल, चितवन, पोखरामा शाखाहरु स्थापना गरि अमेरिका, अष्ट्रेलिया, क्यानडा, बेलायत, न्युजिल्याण्ड र जापानमा Student Support Office स्थापना गरि हजाराैं विद्यार्थीहरुलाई सेवा एवम परामर्श प्रदान गरिरहेको छ।

Skip This
Skip This
Logo