शैक्षिक परामर्श व्यवसायी मञ्चको अध्यक्षमा प्रकाश पाण्डे

शैक्षिक परामर्श व्यवसायी मञ्चको अध्यक्षमा प्रकाश पाण्डे

केन्द्रबिन्दु
0
Shares

शैक्षिक परामर्श व्यवसायी मञ्चको अध्यक्षमा प्रकाश पाण्डे चयन भएका छन्। आइतबार राजाधानीमा आयोजना भएको एक कार्यक्रममा उनलाई अध्यक्ष चयन गरिएको हो।

शैक्षिक क्षेत्रका व्यक्तिहरूलाई समावेश गरी नेकपा (एकीकृत समाजवादी) सँग आबद्ध भएर ५१ सदस्यीय समाजवादी शैक्षिक परामर्श मञ्च गठन भएको हो।

त्यसैगरी उद्योग व्यवसायी महासंघको इलाका स्तरिय कमिटीको अध्यक्षको जिम्मेवारी नारायण देवकोटाले पाएका छन्।

चयन भएका सबै पदाधिकारीहरुलाई नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले पद तथा गोपनियताको सपथ गराएका थिए। 

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले शैक्षिक क्षेत्रको सुधार र विकासमा नवगठित मञ्चले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष नेपालले नेपालमा आमूल परिवर्तन ल्याउन र गणतन्त्रलाई स्थापित गरि लोकतान्त्रिक सुशासनलाई संस्थागत गर्दै भ्रष्टाचारविहीन समाजको निर्माण केवल समाजवादीले मात्रै गर्ने बताए । 

उनले नेपालमा जनताको लोकतान्त्रिक प्रणाली बचाउन आफ्नाे राजनीतिक जीवन हत्केलामा राखी विद्रोह गरि नयाँ पार्टी निर्माण गरिएकाे बताए ।

नेकपा ( एकीकृत समाजवादी) उपाध्यक्ष तथा वाग्मतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले शैक्षिक परामर्श क्षेत्रलाई ब्यवस्थित गर्न प्रदेश सरकार सचेत रहेकाे बताए। यो पेशालाई मर्यादित, पारदर्शी र भरपर्दो बनाउन सरकार सहकार्य गर्न तयार रहँदै निति निर्माणमा अगाडि बढ्ने र यस क्षेत्रमा  विदेशी लगानी आवश्यक नरहेको बताए। 

शैक्षिक परामर्श क्षेत्रलाई पेसागत सेवामुखी ब्यवसायको रुपमा स्थापित गर्न पार्टी र प्रदेश सरकार तयार रहेको उनले उल्लेख गरे। नेपाल राष्ट्रिय उद्योग ब्यवसायी महासंघ आवद्ध  शैक्षिक परामर्श ब्यवसायी मञ्चमा अध्यक्ष प्रकाश पाण्डेको नेतृत्वमा ५१ सदस्यीय कमिटी  तथा उद्योग ब्यावसाय विशेष जिल्ला कमिटी, शैक्षिक परामर्श इलाका कमिटीमा नारायण देबकोटाको अध्यक्षता २१ सदस्यीय र शैक्षिक परामर्श शाखा कमिटीमा आशिक कार्कीको अध्यक्षतामा २१ सदस्यीय कमिटी निर्माण भएकाे छ। 

Logo