‘स्वदेशमै शिक्षा, सबैको इच्छा’ भन्ने मूल नारासहित नेपाल उच्च शैक्षिक मेला बिहीबारदेखि काडमाडौंमा सुरु भएको छ । नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा भएको शैक्षिक मेलाको मुख्य उद्देश्य नेपालमै अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा उपलब्ध छ भनेर विद्यार्थी तथा अभिभावकलाई जानकारी गराउनु रहेको छ।
धेरै खर्च गरेर विदेशमा पढ्न जान नसक्ने विद्यार्थीहरुका लागि विदेशमा पढाई हुने कोर्षहरु नेपालमै पढन् सकिने र विद्यार्थीहरुको शैक्षिक अन्यौलता हटाउन यो मेला आयोजना गरिएकोे आयोजक समितिका संयोजक तारामान रावलले बताएका छन् । बजार सुहाउदो आइटी र म्यानेजमेन्ट कोर्षहरु नेपालमै पढ्ने वातावरण बनाउनु मेलाको उद्देश्य रहेको संयोजक रावलले बताए । बीबीए, बीआइएम, बीटीटीएम, बीबीए लगायतका कोर्षहरु भएका कलेजहरु मेलामा सहभागी छन् ।
प्लस टु सकेपछिको उच्च शिक्षाले विद्यार्थीको भविष्य निर्धारण गर्ने भएकाले ब्याचलर लेबलमा विद्यार्थीहरुलाई परामर्शको आवश्यकता पर्छ । शैक्षिक मेलाले विद्यार्थीको अन्यौलता हटाएर कुन विषय पढ्ने भन्ने सहि मार्गदर्शन गर्न सहयोग गरेको विद्यार्थीहरुले पनि बताएका छन् ।
कोभिड –१९ ले गर्दा धेरै भन्दा धेरै कलेजहरु सहभागी हुन सकेका छैनन् । एभरेष्ट होटलमा ठाँउको अभावले पनि धेरै कलेजलाई सहभागी गराउन नसकिएको संयोजक रावलले बताए ।अागामी दिनमा उपत्यका बाहिर पनि यो मेला गर्ने उनको भनाइ थियो ।
त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालयलगायत आंगिक विश्वविद्यालयहरु मेलामा सहभागी छन् । शैक्षिक मेलामा ४३ कलेज सहभागी छन् भने ५६ वटा स्टल रहेका छन् । मेला शुक्रबारसम्म चल्नेछ ।





























प्रतिक्रिया