मेन्टर इन्सटिच्युटको अष्ट्रेलिया अध्ययन विशेष ‘एडमिसन डे’ आज

मेन्टर इन्सटिच्युटको अष्ट्रेलिया अध्ययन विशेष ‘एडमिसन डे’ आज

केन्द्रबिन्दु
0
Shares

मेन्टर इन्स्टिच्युटले अस्ट्रेलिया अध्ययन विशेष ‘कर्टिन युनिभर्सिटी एडमिसन डे’ को आयोजना गरेको छ । 

इन्स्टिच्युटले (आज) वैशाख २२ गते बिहीबार दिनको ११ बजेदेखि ३ बजेसम्म एडमिसन डे  छ । मेन्टर इन्सटिच्युट कर्टिन युनिभर्सिटी अस्ट्रेलियाको नेपालका लागि आधिकारिक प्रतिनिधि संस्था हो।  

काठमाडौंको नयाँ बानेश्वरमा कार्यालय रहेको मेन्टर इन्स्टिच्युटले विगत १९ वर्षदेखि विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श दिने गरेको छ । 

आजको कार्यक्रममा विद्यार्थीले नेपालमा रहेका युनिभर्सिटीका प्रतिनिधि सुरित भट्टराईसँग अस्ट्रेलियन एजुकेसन इन्फरमेसन सेन्टर हात्तिसारमा कर्टिन युनिभर्सिटीको भौतिक शैक्षिक वातावरणको विषयमा जानकारी दिनुका साथै २५ प्रतिशत छात्रवृत्ति प्रदान गर्ने इन्स्टिच्युटले जनाएको छ।

मेन्टर इन्स्टिच्युटका सञ्‍चालक एवं आइरिन अध्यक्ष हेमन्त भट्टराईका अनुसार विद्यार्थीलाई अस्ट्रेलियाको कर्टिन युनिभर्सिटी र यसले प्रदान गर्ने गुणस्तरीय शिक्षा, छात्रवृत्ति, भर्ना प्रक्रियाको विषयमा जानकारी दिन  एडमिसन डेको आयोजना गरिएको हो ।  

 

Logo