गाई चिन्हका लागि सर्वोच्चसम्म जान्छौ : कमल थापा

गाई चिन्हका लागि सर्वोच्चसम्म जान्छौ : कमल थापा


राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी प्रदेश र संघको निर्वाचन आफ्नै चुनाव चिह्नमा लड्ने बताएका छन्।

राप्रपाले सञ्चालन गरिरहेको प्रदेशव्यापी 'जनता माझमा राप्रपा नेपाल' अभियानको क्रममा मधेशको राजधानी जनकपुरधाम आएका अध्यक्ष थापाले मंगलबार पत्रकार सम्मेलनमार्फत आफ्नो पार्टी गाई चुनाव चिह्नका लागि सर्वोच्चसम्म जाने बताएका हुन्।

नेता थापाले चुनावमा तालमेल गर्ने विषयमा आफूहरू जुनसुकै विकल्पमा खुला रहेको र एजेन्डा मिल्ने कोहीसँग पनि तालमेल हुन सक्ने बताए। उनले विगतमा पनि नेकपा एमालेसँग तालमेल भएकोले यसपटक पनि तालमेल हुनसक्ने सम्भावना बढी रहेको बताए।

थापाले जन्मसिद्ध नागरिकका सन्तानले निर्वाध रुपमा नागरिकता पाउनु पर्ने, तराई मधेशको लाइफलाइन हुलाकी सडकको बाँकी काम यथाशीघ्र हुनुपर्ने, जनकपुरधामको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नुपर्नेसहितका पार्टीको भेलाले गरेको ८ बुँदे माग र घोषणापत्र समेत सार्वजानिक गरे।

Logo