इस्लिङटन कलेजले सम्पन्न गर्‍यो दिक्षान्त समारोह, ५०२ जना विद्यार्थी दीक्षित

इस्लिङटन कलेजले सम्पन्न गर्‍यो दिक्षान्त समारोह, ५०२ जना विद्यार्थी दीक्षित

केन्द्रबिन्दु
0
Shares

कमलपोखरी स्थित इस्लिङटन कलेजको सन् २०२० र २०२१ मा पास भएका विद्यार्थीको समारोह सम्पन्न भएको छ । 

कलेजले सोमबार र मंगलबार कार्यक्रम आयोजना गरी विद्यार्थीहरूलाई सम्मान गरेको हो ।

समारोहमा सन् २०२० मा स्नातक तह अन्तर्गत स्पेसियलिसेसन्स बीएससी कम्युटिङ, बीएससी कम्प्युटिङ नेटवर्किङ एण्ड आईटी सेक्युरिटी र बीएससी मल्टिमिडिया टेक्नोलोजिज्का ५ सय २ जना विद्यार्थी सहभागी भएका छन् । 

 दिक्षान्त समारोहमा सन् २०२० मा  स्नातकोत्तर तह अन्तर्गत एमएससी इन्फमेसन टेक्नोलोजी विषयका  १९ जना विद्यार्थी दीक्षित  भएका छन्  ।

त्यसैगरी सन् २०२१ मा स्नातक तह अन्तर्गत बीएससी कम्प्युटिङ, बीएससी कम्प्युटर नेटवर्किङ एण्ड सेक्युरिटी र बीएससी मल्टिमिडिया टेक्नोलोजीमा अध्ययन पूरा गरेका ७ सय ३२ जना विद्यार्थी दीक्षित  भएका छन् । 

विद्यालयका अनुसार सन् २०२१ शैक्षिक सत्रमा स्नातकोत्तर तह अन्तर्गत एमएससी इन्फर्मेसन टेक्नोलोजी तह पूरा गरेका ४६ जना विद्यार्थी दिक्षान्त समारोहमा सहभागी थिए । 

समारोहमा सन् २०२० बिजनेस डिग्री बीए विषयमा स्नातक तह गर्ने ७४ र  सन् २०२१ मा बिजनेस एड्मिनिस्ट्रेसन एण्ड एमबीएमा तह पूरा गर्ने १ सय १९ विद्यार्थी दीक्षित  भएका छन् । 

कोभिड संक्रमणको कारण विगत दुई वर्ष दिक्षान्त समारोह हुन नसकेको विद्यालयले जनाएको छ । यो वर्षमा सन् २०२० र २०२१ को  दिक्षान्त समारोह एकैसाथ आयोजना गरिएको थियो ।

कोभिड संक्रमणको कारण सन् २०२० र २०२१ मा दिक्षान्त समारोह स्थगित भएको थियो ।  अब भने दिक्षान्त समारोह वार्षिक रूपमा नियमित गर्नै कलेजले जनाएको छ । 

बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज आइएनजी ग्रुपद्धारा सञ्चालित छ ।

दिक्षान्त समारोहमा विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरशीप डा। वेन्डी ब्लोइसीले विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए । 

समारोहमा बोल्दै उनले विश्वभर सम्बन्धन प्राप्त कलेजमध्ये इस्लिङटन कलेज उत्कृष्ट भएको बताए । 

दिक्षान्त समारोहमा बोल्दै कलेजका आइएनजी ग्रुपका अध्यक्ष एवं कार्यकारी निर्देशक शुलभ बुढाथोकीले लन्डन विश्वविद्यालयाको हाई र्‍याङकिङमा परेको यस कलेजमा उतिर्ण विद्यार्थीले नेपाल र विश्वका विभिन्न मुलुकमा उत्कृष्ठ स्थान हासिल गर्न सफल भएको बताए । 

लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयले सम्बन्धन दिएका कलेज मध्यले नेपालको पहिलो यस कलेजले बिआइटी, बिबिए, कार्यक्रम अन्तर्गत आइटी कम्प्युटिङ,नेटवर्किङ र आइटी सेक्युरिटी र मल्टीमिडिया टेक्नोलोजी विषयमा अध्यापन गराउदै आएको छ । 

त्यस्तै  बिजनेस अन्तर्गत इन्टरनेशल बिजनेश, मार्केटिङ एण्ड फाइनान्स विषय संचालन गरिरहेको छ ।  

 

Logo