आइरन गेटपछि गोल्डेन गेट…

आइरन गेटपछि गोल्डेन गेट…

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको पुरानो बानेश्वरमा सन् २००७ मा अनुभव प्राप्त शिक्षाविद्हरुको अग्रसरतामा खुलेको कलेज हो, गोल्डेन गेट । शैक्षिक यात्राको यो १५ वर्षमा गोल्डेन गेटले आफुलाई अब्बल सावित गरेको छ । जुन कुरा विद्यार्थीहरुको सफलताले पनि प्रष्ट पार्छ । 

मास्टर्ससम्मको अध्यापन हुने यो कलेजमा कक्षा ११ मा विज्ञान, व्यवस्थापन र मानविकीमा पढाइ हुँदै आएको छ । गोल्डेन गेट कलेजले चिकित्सा, इन्जिनियरिङ, व्यवस्थापन, मानविकीका हरेक कोर्सलाई समयसापेक्ष रुपमा परिमार्जन गर्दै अन्तर्राष्ट्रिय स्तरको बनाएको छ ।

विद्यार्थीलाई विश्वव्यापी चुनौतीको सामना गर्ने र रोजेको जुनसुकै पेशामा सफल हुने अपेक्षा गोल्डेन गेटको छ ।

कलेजले हरेक वर्ष नयाँ नयाँ पाठ्यक्रम र कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । उच्च माध्यमिक शिक्षा बोर्डसँग समन्वय गरेर कक्षा ११ र १२ को पाठ्यक्रम तयार पारेको गोल्डेन गेटले ७ वटा स्नातकोत्तर र १६ वटा स्नातक तहका कार्यक्रम सञ्चालन गर्दै आइको छ । 

विद्यार्थीलाई विश्वव्यापी चुनौतीको सामना गर्ने र रोजेको जुनसुकै पेशामा सफल हुने अपेक्षा गोल्डेन गेटको छ । दृढ संकल्प, आत्मविश्वास र कडा मेहेनतले लक्ष्यमा पुग्न सकिन्छ भन्ने विश्वास बोकेको यो कलेजले आफ्ना विद्यार्थीलाई सधैं प्रोत्साहन प्रदान गर्ने गरेको छ । 

भौतिक पूर्वाधारले सम्पन्न यो कलेजले विद्यार्थीका लागि खेलकुदसहितको अतिरिक्त क्रियाकलाप पनि सञ्चालन गर्दै आएको छ । अत्याधुनिक ल्याब, सुविधा सम्पन्न पुस्तकालय, खेल मैदान, यातायात गोल्डेन गेटले उपलब्ध गराउने सुविधा हुन् ।  

Skip This
Skip This
Logo