विद्यार्थीलाई संस्कार सिकाउने मुल उद्धेश्य बोकेर काठमाडौंको नयाँबानेश्वरमा खुलेको शैक्षिक संस्था हो नोबेल एकेडेमी ।
समय व्यवस्थापन र जिम्मेवारीवहनजस्ता पूर्वीय संस्कार र अहिलेको प्रगतिशील शिक्षाको ज्ञान दिई विद्यार्थीलाई सबल र सक्षम बनाउन नोबेल एकेडेमीले आफ्नो प्रयासलाई सधैं जारी राखेको छ ।
नोबेल एकेडेमीे नेपालमा निजी क्षेत्रमा सबैभन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शैक्षिक संस्था पनि हो।
नोबेल एकेडेमीले शैक्षिक ज्ञानको साथै विद्यार्थीलाई उद्यमशील जीवन जिउनका लागि प्रेरित गर्दै आएको छ । आफ्ना ‘प्लस टु’ पास गरेका विद्यार्थीलाई नोबेलले स्कुलमा अध्ययनरत विद्यार्थीलाई ‘होम ट्युसन’ पढाउने अवसर पनि दिदै आएको छ।
यस कलेजले जेहेन्दार, गरिब, पिछडिएका र ग्रामीण भेगबाट आएका विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति दिँदै आएको छ।
न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने नोबेल एकेडेमी विद्यार्थीको मुख्य रोजाइ बन्दै आएको छ। त्यस्तै, यस कलेजले जेहेन्दार, गरिब, पिछडिएका र ग्रामीण भेगबाट आएका विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति दिँदै आएको छ।
कलेजमा पुस्तकालय, विज्ञान ल्याब, कम्प्युटर ल्याब तथा होस्टल, क्यान्टिन र यातायात सुविधा उपलब्ध छन् ।
सन् २०१९ मा काठमाडौँ महानगरपालिका र ब्रिटिस काउन्सिलबाट ‘उत्कृष्ट स्कुल अवार्ड’ पाएको नोबेल एकेडेमीमा उच्च माध्यमिक तहअन्तर्गत मानविकी, विज्ञान र व्यवस्थापन संकायमा पढाइ हुँदै आएको छ।





























प्रतिक्रिया