उत्कृष्ट सामुदायिक शिक्षण संस्थाः सगरमाथा मावि

उत्कृष्ट सामुदायिक शिक्षण संस्थाः सगरमाथा मावि

केन्द्रबिन्दु
0
Shares

पोखरामा रहेको सगरमाथा माविले सदैव गुणस्तरीय शिक्षामा जोड दियो र दिँदै जानेछ । पोखरा र पोखरा आसपासबाट एसईई दिएर ‘प्लस टु’ अध्ययन गर्न चाहाने विद्यार्थीका लागि सगरमाथा मावि उपयुक्त गन्तव्य बनिरहेको छ।

व्यवस्थापन संकायमा २ सय र विज्ञान संकायमा १ सय ६० गरी ४ सय ६० हाराहारीमा मात्रै विद्यार्थी भर्ना गर्ने सगरमाथा माविको ध्यान विद्यार्थी बटुल्नेभन्दा पनि भएका विद्यार्थीलाई उच्च नतिजा दिलाउनेमा केन्द्रित छ।

अनुशासित शिक्षामा जोड दिने सगरमाथाले अध्ययनमैत्री वातावरण बनाउँदै शिक्षकलाई पनि अनुशासनमा बाँधेको छ ।

इन्जिनियरिङ र एमबिबिएसका साथै व्यवस्थापन विषयको स्नातक तहको प्रवेश परीक्षामा सगरमाथाबाट उतिर्ण भएका विद्यार्थी खरो उत्रिदै आएका छन् । सगरमाथाबाट कक्षा १२ उतिर्ण गरेका विद्यार्थीले इन्जिनियरिङ र एमबीबीएसमा छात्रवृत्तिमा समेत नाम निकालेका छन् । 

सगरमाथाले आफ्ना विद्यार्थीलाई मोबाइल बोक्न, मिनिस्कर्ट लगाउन र मोटरसाइकल लिएर विद्यालय आउन रोक लगाएको छ । अनुशासित शिक्षामा जोड दिने सगरमाथाले अध्ययनमैत्री वातावरण बनाउँदै शिक्षकलाई पनि अनुशासनमा बाँधेको छ । स्कुलबाहेक अन्य कुनै पेसा गर्न नपाउने नियम बनाएको सगरमाथाका सबै सञ्चालक पूर्णकालीन शिक्षक हुन् । 

विद्यार्थीमैत्री शिक्षण विधि, कमजोर विद्यार्थीलाई परामर्श र अतिरिक्त कक्षाको व्यवस्थाका साथै उच्चतम प्रविधि प्रयोग गरिएका कक्षाकोठा सगरमाथाका विशेषता हुन्।

Logo