हेरल्ड कलेजका ४८१ विद्यार्थी दीक्षित

हेरल्ड कलेजका ४८१ विद्यार्थी दीक्षित

केन्द्रबिन्दु
0
Shares

हेरल्ड कलेज काठमाडौँको दोस्रो दिक्षान्त समारोह सम्पन्न भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमकावीच उक्त समारोह सम्पन्न भएको हो ।  

समारोहबाट  सन् २०१९/२० मा स्नातक तह उत्तीर्ण बिएस्सी हन्स कम्प्युटर साइन्सका १६०, बिएस्सी हन्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टका २६ , सन २०२०/२१ मा  स्नातक तह उत्तीर्ण  बिएस्सी हन्स कम्प्युटर साइन्सका २४९ र  बिएस्सी हन्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टका ४६  गरी कुल ४८१ जना विद्यार्थीहरू दीक्षित भएका छन्। 
कोभिड महामारीका कारण सरकारले तय गरेका विभिन्न स्वास्थ्य प्रोटोकलहरू पालना गर्नुपर्ने भएकाले उक्त समारोह दुई वर्षपछि भएको हो ।   
आइएनजी ग्रुप अन्तर्गत पर्ने हेरल्ड कलेज बेलायतको प्रतिष्ठित विश्वविद्यालय युनिभर्सिटी अफ वुल्भर ह्याम्पटन, युकेबाट सम्बन्धन प्राप्त कलेज हो । दीक्षान्त समारोहमा युनिभर्सिटी अफ वुल्भर ह्याम्पटन विश्व विद्यालयका प्रोभाइस चान्सलर टिम स्टिलले दीक्षित विद्यार्थीलाई प्रमाण पत्र हस्तान्तरण गरे ।
समारोहलाई सम्बोधन गर्दै प्रोभाइस चान्सलर टिमले दीक्षित विद्यार्थीहरूलाई बधाई दिँदै नेपालको कलेजसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे ।

यसै गरी समारोहलाई सम्बोधन गर्दै आइएनजी ग्रुपका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले हेरल्ड कलेजले विद्यार्थीहरूलाई नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आएको बताए ।  
 

Logo