कर्णालीका तीन सांसद एमालेबाट निष्कासित

कर्णालीका तीन सांसद एमालेबाट निष्कासित


कर्णाली प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने तीन जना एमाले सांसद पार्टीबाट निष्कासित भएका छन्।

आज एक विज्ञप्ति जारी गर्दै एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटीले सांसदहरू नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टी सदस्यसहित पार्टी कमिटीका सबै जिम्मेवारीबाट निष्कासन गरिएको जनाएका छन् । 

साथै राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य प्रकाश ज्वालालाई निष्कासन गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको पनि विज्ञप्तिमा जनाइएको छ। 


 

Logo