गएराति अजय देवगनकी छोरी न्यासा देवगन र श्री देवीकी छोरी खुशी कपूर आफ्ना साथीहरूसँग मुम्बईको एक बारमा पार्टी गरिरहेका देखिए ।
सो पार्टीमा न्यासा र खुशी दुवै बोल्ड र सेक्सी ड्रेसमा देखा परेका थिए । न्यासाले रातो रंगको सर्ट र बडीकन ड्रेस लगाएकी थिइन् भने खुशीले कालो हट र ब्याकलेस ड्रेस लगाएकी थिइन् । खुशीको पहिरन यति धेरै खुल्ला थियो उनले आफ्नो लुगा हातले सम्हाल्नुपरिरहेको थियो ।
त्यसै क्रममा दुबै पार्टी गरेर बारबाट निस्कँदा नशामा देखिएका थिए । जसका कारण दुबै लडिरहेका देखिन्थे । सामाजिक सञ्जालमा भाइरल उनीहरुका केहि तस्बिरहरूलाई हेरेर मानिसहरूले चर्को टिप्पणी गरिरहेका छन् ।





























प्रतिक्रिया