सलमानले मिडियालाई देख्नसाथ किन पिइरहेको गिलास लुकाए ?

सलमानले मिडियालाई देख्नसाथ किन पिइरहेको गिलास लुकाए ?

केन्द्रबिन्दु
0
Shares

सलमान खान शनिबार ‘भूल भुलैया २’ र ‘१९२१’ जस्ता फिल्मका निर्माता मुराद खेतानीको जन्मदिनको पार्टीमा पुग्दाको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । 

सो भिडियोमा उनी कारबाट ओर्लने क्रममा हातमा सिसाको गिलास समातेको देखिन्छ । तर, मिडियालाई बाहिर देख्न साथ उसले लगाइरहेको जीन्सको खल्तीमा गिलास लुकाएको देखिन्छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आफ्नो कमेन्टमा सलमान खानलाई रक्सीको लत भएको बताउछन्।

उदाहरणका लागि, एक प्रयोगकर्ताले लेखेका छन्, “आफ्नो औकात देखायौं होइन त” अर्का प्रयोगकर्ताले ‘मदिरा पिउने हो भने गिलास लिनुपर्छ भाइ, गिलास नलिने कसरी रक्सी पिउने ?
सलमान खानले किन गिलास खल्तीमा लुकाए ? यसको वास्तविक कारण खुल्न सकेको छैन ।

सलमान खानका आगामी फिल्म ‘गडफादर’, ‘किसीका भाइ किसकी जान’, ‘वेद’, ‘पठान’ र ‘टाइगर ३’ मा देखिदै छन् । 

Logo