६४ वर्षिय गायिका म्याडोनाका प्रेमी उनको छोरा भन्दा कान्छा

६४ वर्षिय गायिका म्याडोनाका प्रेमी उनको छोरा भन्दा कान्छा


विश्वकै चर्चित पप गायिका म्याडोना फेरि एकपटक चर्चामा छिन् । 

गत महिना उनले आफ्नो करियरको ४० वर्षको सम्झनामा एक रिमिक्स एल्बम जारी गरिन । एल्बमको नाम उनले फाइनल्ली इनफ लभ ः ५० नम्बर वान्स राखिन । तर यसपछि उनले आफ्नो युट्युब च्यानलमा एउटा अन्तर्वार्ता–भिडियो शेयर गरिन । भिडियोमा म्याडोनाले आफ्नो जीवन र करियरसँग सम्बन्धित जवाफ दिएकी छिन् । 
 

छोरा भन्दा कान्छो प्रेमी
६४ वर्षीया म्याडोना दुई पटक विवाह गरिसकिन र आफ्नो पतिबाट अलग पनि भइसकेकी छिन् । अहिले उनी आफुभन्दा ४१ वर्ष कान्छो केटासँग प्रेम सम्बन्धमा छिन् । म्याडोना ६ सन्तानकी आमा हुन् । उनको जेठो छोरा उनको नयाँ प्रेमी भन्दा दुई वर्ष जेठो छन् । दोस्रो छोरा उनको प्रेमी भन्दा एक वर्ष मात्र कान्छा हुन । म्याडोना अहिले २३ वर्षीय एन्ड्रयू डार्नेलसँग डेट गरिरहेकी छिन् । एन्ड्रयू एक अमेरिकी मोडल हुन् ।
म्याडोनाको पहिलो विवाह अमेरिकी अभिनेता–निर्देशक सीन पानसँग भएको थियो । जुन १९८५ देखि १९८९ सम्म चलेको थियो । पानसँग सम्बन्धविच्छेद गरेपछि उनले सन् २००० मा अमेरिकी फिल्म निर्देशक गाय रिचीसँग विवाह गरिन् ।

यो विवाह आठ वर्षसम्म चल्यो र दुवैले सन् २००८ मा सम्बन्धविच्छेद गरे । अमेरिकी समाजमा म्याडोनाको छवि विद्रोही महिलाको जस्तो छ, उनले कहिल्यै कसैको वास्ता गरेन र आफ्नै शर्तमा जीवन बिताइन् । परम्परावादीहरू सधैं म्याडोनाको सेक्स छवि र लाइभ कन्सर्टहरूमा उनको बोल्ड प्रदर्शनलाई कटाक्ष्य गर्ने गरेका छन् । 

Logo