पछिल्लो समय बलिउडमा पौराणिक कथामा आधारित धेरै फिल्महरु बन्न लागेका छन् ।
यी फिल्ममा पौराणिक कथालाई आधार बनाई मूल कथा भने काल्पनिक बनाइदै आएको देखिन्छ । हालै रिलिज भएको फिल्म ‘ब्रह्मास्त्र’को कथा पनि यस्तै थियो । ‘ब्रह्मास्त्र’को कथा पौराणिक कथासँग लिइएको छ, जस्तै हतियारको कथा ।
फिल्ममा रणवीर कपुर र आलिया भट्ट मुख्य भूमिकामा छन् । यस बाहेक अमिताभ बच्चन, मौनी रोय, नागार्जुन, शाहरुख खान, डिम्पल कपाडिया र प्रतीक बब्बर पनि सहायक भूमिकामा देखिएका छन् । जो कुनै न कुनै हतियारका मालिक हुन् । बलिउडमा ‘ब्रह्मास्त्र’ जस्तै धेरै फिल्महरू आउन लागेका छन् जुन पौराणिक कथामा आधारित भई बन्ने भएका छन् ।
राम सेतु
यस्तोमा अक्षय कुमार र ज्याकलिन फर्नान्डिज स्टारर ‘राम सेतु’ फिल्म पहिलो नंबरमा आउँछ । रिपोर्टका अनुसार फिल्ममा अक्षय कुमार पुरातत्वविद्को भूमिकामा देखिनेछन् । यो फिल्म भारत र श्रीलंका बीचको दूरी पूरा गर्न भगवान रामको सेनाले बनाएको राम सेतुमा आधारित छ । फिल्ममा अक्षय कुमार राम सेतुको वास्तविकता पत्ता लगाउनेछन् । यो फिल्मको ट्रेलर सार्वजनिक नभएता पनि दर्शकमा भने फिल्मप्रति निकै उत्साह बढेको छ ।

आदिपुरुष
रामायणको पृष्ठभूमिमा आधारित प्रभासको फिल्म ‘आदिपुरुष’ पनि पौराणिक कथामै आधारित फिल्म हो । फिल्ममा प्रभास भगवान राम, सैफ अली खान दृष्ट रावण र दीपिका पादुकोण सीताको भूमिकामा देखिनेछन् । रिपोर्टका अनुसार यो फिल्म रामायणमा आधारित हो तर रामायण होइन । चलचित्रमा अहिलेको समयलाई पौराणीक युगसँग जोड्ने प्रयास गरिएको छ ।
.jpg)
अश्वत्था
महाभारत सुन्ने र हेर्ने मानिसलाई महाभारतका पात्र गुरु द्रोणाचार्यका छोरा अश्वत्थामाको बारेमा थाहै होला । अश्वत्थामा भगवान श्रीकृष्णको श्रापको कारण अमर भएर आज पनि संसारमा विराजमान छन् भन्ने मान्यता छ । फिल्म ‘अश्वथामा’ मा विक्की कौशल मुख्य भूमिकामा छन् ।

महाभारत
दक्षिण भारतीय चलचित्र निर्माताहरुले ‘महाभारत’ महाकाव्यमा चलचित्र बनाउने तयारीमा छन् । फिल्ममा दीपिका पादुकोणले द्रौपदीको भूमिका निभाउन सक्ने र आमिर खानले भगवान कृष्णको भूमिका निर्वाह गर्ने बताइएको छ । अहिले फिल्मको बारेमा स्क्रिट लेखिने कार्य भइरहेको छ ।

छत्रपति शिवाजी महाराज
निर्देशक नागराज मञ्जुले छिट्टै ‘छत्रपति शिवाजी महाराज’मा आधारित चलचित्र लिएर आउँदैछन् । फिल्मले मराठा साम्राज्यको गठनको कथालाई प्रकाश पार्नेछ । यो फिल्म तीन भागमा बन्ने बताइएको छ । फिल्ममा रितेश देशमुख छत्रपति शिवाजीको भूमिकामा देखिनेछन् । यो फिल्म हिन्दी, मराठी लगायत साउथका अन्य भाषामा पनि बन्ने खबर छ ।
(1).jpg)
सीताः द इन्कारनेसन
फिल्म ‘सीताः द इन्कारनेसन’ एक पिरियड ड्रामा फिल्म हो । जसमा कंगना रनौत सीताको भूमिकामा देखिने छिन् । यो फिल्म ठुलो बजेटको फिल्म हो । जसमा करिना कपुर पहिले अभिनय गर्ने तय गरिएको थियो । तर, धेरै पैसाको डिमाण्ड गरेका कारण उनको ठाउँमा कंगनालाई कास्ट गरिएको हो । फिल्मलाई आलुक्या देसाईले निर्देशन गर्नेछन् ।































प्रतिक्रिया