के राखीले फेरि मायामा धोका खाइन् ?

के राखीले फेरि मायामा धोका खाइन् ?

केन्द्रबिन्दु
0
Shares

बलीउड इन्डस्ट्रीमा ड्रामा क्वीन भनेर चिनिने राखी सावन्त आजकल आफ्नो कामभन्दा पनि आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा छिन् । उनले केही दिनअघि पूर्व पति रितेशसँग सम्बन्धविच्छेद गरेकी थिइन् भने केही दिनपछि उनको जीवनमा नयाँ व्यक्तिको प्रवेश भयो । ती व्यक्तिको नाम आदिल हो । राखी र आदिलको प्रेम कसैबाट लुकेको छैन । दुबैजना प्रायः सँगै देखिन्छन् । 

राखीको प्रफुल्ल परेको अनुहार हेर्दा उनी आदिलसँग खुसी छिन् भन्ने स्पष्ट हुन्छ । लामो समयदेखि सामाजिक सञ्जालमा यी दुवैको विवाहको खबर छाएको थियो तर हालसालै सार्वपनिक भएको एउटा भिडियोले उनीहरुको सम्बन्धमा दरार आएको संकेत गरेको छ । राखी र उनका प्रेमी आदिलको यो भिडियो इन्टरनेटमा आगोझैँ फैलिरहेको छ ।

भाइरल भयानीको इन्स्टाग्राम ह्यान्डलमा अपलोड गरिएको यो भिडियोमा राखीले हातमा फूलको गुच्छा लिएर घुँडा टेकेर आदिललाई विवाहको प्रस्ताव राखेको देख्न सकिन्छ । तर राखीको यस्तो रोमान्टिक प्रस्ताव देखेर पनि आदिल मौन देखिन्छन् । जब राखीलाई आदिलको मुड मन पर्दैन, राखीको मनोवृत्ति परिवर्तन हुन्छ। उनी आदिलबाट फूल खोस्न थाल्छिन् । 

केही सोसल मिडिया प्रयोगकर्ताहरूले राखी सावन्त र उनको प्रेमीको यो भिडियोलाई ड्रामा भनेका छन् । भिडियोमा सबैले फरक फरक प्रतिक्रिया दिइरहेका छन् । राखी र आदिलले आफ्नो पहिलो रोमान्टिक गीत तू मेरे दिल मे रहने के लायक नही सेप्टेम्बर १० मा रिलिज गरेका थिए। यो गीतमा राखी र आदिलको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका छन् ।

Logo