अजय देवगन, सिद्धार्थ मल्होत्रा र रकुल प्रीत सिंह स्टारर फिल्म ‘थ्याङ्क गड’ २४ अक्टोबरमा रिलिज हुँदैछ ।
तर रिलिज हुनुअघि नै यो फिल्म विवादमा परेको छ । अजय देवगन स्टारर फिल्म ‘थ्याङ्क गड’ को ट्रेलर हालै रिलिज भएको छ । यो ट्रेलर देखेपछि यूपी निवासी वकिल हिमांशु श्रीवास्तवले फिल्मको स्टार कास्ट र निर्देशकविरुद्ध जौनपुर अदालतमा उजुरी दिएका छन् । उनले ‘थ्याङ्क गड’का निर्देशक इन्द्र कुमार, अभिनेता अजय देवगन र सिद्धार्थ मल्होत्रामाथि जनताको धार्मिक भावनामा चोट पु¥याएको आरोप लगाएका छन् ।
फिल्मको ट्रेलरमा चित्रगुप्त महाराज र मृत्युका देवता यमराजको खिल्ली उडाएर आपत्तिजनक टिप्पणी गरिएको उनको आरोप छ । मुद्दा परेसँगै फिल्म चर्चामा आएको छ, फ्यानहरु फिल्मसँग सम्बन्धित हरेक जानकारी जान्न चाहन्छन् । यस्तो अवस्थामा हामी तपाईलाई ‘थ्याङ्क गड’सँग सम्बन्धित केही विशेष कुराहरू बताउछौं ।
२५ अक्टोबर दिवालीको अवसरमा रिलिज हुन लागेको यस फिल्ममा अजय देवगन, सिद्धार्थ मल्होत्रा र रकुल प्रीत सिंहको मुख्य भूमिका रहेको छ । यो फिल्मको बजेट ६० देखि ७० करोड रुपैयाँ रहेको छ । मिडिया रिपोर्टका अनुसार अजयले यो फिल्मका लागि ३५ करोड भारु लिएका छन् । जसमा सिद्धार्थ मल्होत्रालाई ७ करोड र रकुल प्रीत सिंहलाई ३ करोड मात्र दिइएको छ ।
श्रीलंकाको सिंहली भाषाको हिट गीत ‘मानिके मागे हिते’ गाएकी गायिका योहानीले यस फिल्मका लागि आफ्नो गीतको हिन्दी रिमेक राइट्स निर्मातालाई दिएकी छिन् । चलचित्रमा सुनिने यो गीत उनको स्वरमा हुनेछ । फिल्मको ब्याकग्राउण्ड म्युजिक पनि यस गीतको थिममा रहेको छ ।
फिल्ममा अजय देवगन चित्रगुप्तको भूमिकामा देखिएका छन् । जसमा सिद्धार्थ मल्होत्रा अयान कपूर र रकुल उनकी पत्नी रुही कपुरको भूमिकामा देखिनेछन् । फिल्ममा रकुल प्रहरी अफिसरको भूमिकामा देखिनेछिन् ।































प्रतिक्रिया