‘अवतार २’ संसारभर १६० भाषामा रिलिज हुने

‘अवतार २’ संसारभर १६० भाषामा रिलिज हुने

केन्द्रबिन्दु
0
Shares

यस वर्षको सबैभन्दा ठूलो बजेटको हलिउड फिल्म ‘अवतारः द वे अफ वाटर’ छिट्टै सिनेमाघरमा रिलिज हुने तयारीमा छ । 
जेम्स क्यामरुन निर्देशित ‘अवतार २’ फिल्मको सबै फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् । ‘अवतार’ ले विश्वभर बक्स अफिसमा ठूलो सफलता पाएपछि फ्यानहरू यसको सिक्वेलका लागि उत्सुक छन् ।
सन् २००९ को ओस्कार–विजेता तथा हलिउडको सबैभन्दा सफल चलचित्रहरू मध्ये एक अवतारको सिक्वेल फिल्म ‘अवतार २’ सेप्टेम्बर २३ का दिन देखि विश्वभर रिलीज हुनेछ । केहि समय अघि रिलिज भएको यस चलचित्रको ४के ट्रेलरले सबैलाई चकित बनाएको थियो । 

अवतार फिल्म विश्वकै पहिलो ३ डी क्यामराले खिचिएकाले फिल्मलाई हेर्न ठुला र आधुनिक हलमा मानिसहरु गएका थिए । यसै गरी यस फिल्मको सिक्वेल ‘अवतार २’ लाई फेरि ठूलो पर्दामा हेर्दा मानिसलाई फरक अनुभव हुने बताइएको छ । यहिसँगै फिल्मको अग्रिम बुकिङ खुल्ला भएको घोषणाले दर्शकमा थप उत्सुकता थपेको छ । संसारभरका ठुलाठुला सहरहरूमा यसको अग्रिम बुकिङ कहिले खुल्छ भनेर मानिसहरूले निरन्तर टिप्पणी र सोधिरहेका थिए । जसको जवाफ हालै रिलिज भएको यसको ट्रेलर २० सेन्चुरी स्टुडियोले आफ्नो ट्विटर ह्यान्डलमा सार्वजनिक गरेको हो ।

यससँगै २० सेन्चुरी स्टुडियोले केही दिनअघि आफ्नो इन्स्टाग्राम ह्यान्डलमा ‘अवतारः द वे अफ वाटर’ को नयाँ पोस्टर पनि सार्वजनिक गरेको थियो । यो पोस्टर सार्वजनिक गर्दै उनले अब फिल्म रिलिज हुन सय दिन मात्र बाँकी रहेको दर्शकलाई स्मरण गराए । निर्माताले लेखेका छन्, ‘अवतारः द वे अफ वाटर १०० दिनमा रिलिज हुँदैछ । सन् २००९ मा यसको पहिलो भाग रिलिजको सफलता पछि यसको दोस्रो भागको घोषणा गरिएको थियो । रिपोर्टका अनुसार यो फिल्म संसारभर १६० भन्दा बढी भाषाहरुमा रिलिज हुनेछ । तर जेम्स क्यामरुनलाई ‘अवतार २’ को आइडियालाई क्यामरा र हलमा ल्याउन झन्डै १३ वर्ष लाग्यो ।

Logo