बलिउडकी मिस ब्रिगान्जा अर्थात अभिनेत्री अर्चना पूरन सिंहले २६ सेप्टेम्बरमा आफ्नो ६० औं जन्मदिन मनाइरहेकी छिन् ।
अर्चना पुरन सिंहले सन् १९९८ मा आएको फिल्म ‘कुछ कुछ होता है’ मा मिस ब्रिगान्जाको भूमिका निभाएकी थिइन् । उनको चरित्र यति रमाइलो थियो कि आज पनि मानिसहरूले उनलाई यही नामले सम्झाउँछन् । उनको जन्मदिनको अवसरमा हामी तपाईंलाई अभिनेत्रीको व्यक्तिगत जीवनको बारे बताउनेछौं । जुन उनी आफैंले वर्षौंदेखि टिभीमा सारा संसारलाई खुलाउदै आएकी छिन । अर्चना पूरन सिंहले सन् १९९२ मा अभिनेता परमित सेठीसँग विवाह गरेकी थिइन् । यी जोडीले आफ्नो विवाहलाई ४ वर्षसम्म सबैसँग लुकाएर राखेका थिए ।
विवाहलाई गोप्य राख्ने विषयमा अर्चनाले एक अन्तर्वार्तामा भनेकी थिइन, “पुरानो जमानामा फिल्म इन्डस्ट्रीमा महिलाले विवाह गरेमा काम कम हुन्छ भन्ने सोच थियो । फिल्मी उद्योगमा भनिन्थ्यो विवाहित अभिनेत्रीले धेरै काम पाउँदैनन् । यस्तो अवस्थामा परमित र मैले सोच्यौं कि यो बिहे हामीले आफ्नो लागि गरेका हौं । विवाहले मेरो करियरमा असर नपरोस् भन्ने परमीत चाहँदैनन् । त्यसैले हामी दुवै मिलेर यो कुरा लुकाउने निर्णय गर्यौं ।”
परमितले द कपिल शर्मा शोमा भनेका थिए– ‘हामीले राति ११ बजे एक अर्कासँग बिहे गर्ने निर्णय गर्यौं र सिधै पण्डितजीलाई खोज्न गयौं । करिब १२ बजेतिर हामी पण्डितजीलाई भेट्यौं, उनले हामी भागेर बिहे गर्न लागेको हो भनि सोधे ? पंडितजीले भन्नुभयो बिहे यसरी हुदैन, साइत आएपछि बिहे गर्नुपर्छ । त्यही रात हामीले पंडितलाई पैसा दियौं र भोलिपल्ट बिहान ११ बजे हामीले विवाह गर्यौ।
अर्चना र परमितको भेट बलिउड फिल्म उद्योगमा आएपछि भएको थियो । बिस्तारै उनीहरुको मित्रता प्रेममा परिणत भयो । परमित र अर्चना केही समयदेखि लिभ इन रिलेशनशिपमा रहेको बताइन्छ । अर्चनाले परमित सेठीसँग दोस्रो विवाह गरेकी थिइन् । उनको पहिलो वैवाहिक सम्बन्ध राम्रो हुन नसकेपछि उनको सम्बन्धविच्छेद भएको थियो ।





























प्रतिक्रिया