सलमानको फिल्म ‘किसी का भाई किसी का जान’ मा राम चरणको क्यामियो

सलमानको फिल्म ‘किसी का भाई किसी का जान’ मा राम चरणको क्यामियो


सलमान खान आजकल आफ्नो आगामी फिल्म ‘किसी का भाई किसी का जान’ लाई लिएर निकै चर्चामा छन् । 

यो त्यही फिल्म हो, जसको नाम पहिले ‘भाइजान’ र त्यसपछि ‘कभी ईद कभी दिवाली’ थियो । हालै यो फिल्मको टिजर सार्वजनिक भएको छ । यसै क्रममा यो चलचित्रसँग सम्बन्धित नयाँ अपडेट आएको छ । रिपोर्ट अनुसार सलमान खानको फिल्ममा साउथ स्टार राम चरण देखिने भएका छन् । यो खबरपछि फ्यानहरुमा निकै उत्साह छाएको छ । एक अन्तर्वार्तामा सलमान खानले ‘गडफादर’को ट्रेलर मुम्बईमा रिलिज हुँदै गर्दा राम चरण आफ्नो फिल्मको हिस्सा बन्न चाहेको बताएका थिए । सलमान भन्छन् ‘उनी मकहाँ आए र भने म यो फिल्ममा काम गर्न चाहन्छु । सुरुमा मलाई लाग्यो उसले मजाक गर्न यस्तो बोलेको होला । 

यस वर्षको अन्त्यमा अर्थात् ३० डिसेम्बर २०२२ मा यो फिल्म हलमा रिलिज हुँदैछ । सलमानको पछिल्लो फिल्म ‘अन्तिम’ले बक्स अफिसमा खासै राम्रो कमाई गर्न सकेन । सलमान खान छिट्टै तेलुगु फिल्ममा डेब्यु गर्दैछन् । तेलुगु सुपरस्टार चिरञ्जीवीसँगको उनको फिल्म ‘गडफादर’ अक्टोबर ५ मा सिनेमाघरमा रिलिज हुँदैछ । यसबाहेक उनी २१ अप्रिल २०२३ मा रिलिज हुने ‘टाइगर ३’ मा पनि देखिनेछन् ।

Logo