धोनी पत्नी साक्षीसँग मिलेर आफ्नै प्रोडक्सन हाउस ‘धोनी इन्टरटेनमेन्ट’ खोल्दै, बलिउड छोडी साउथमा हात हाल्ने

धोनी पत्नी साक्षीसँग मिलेर आफ्नै प्रोडक्सन हाउस ‘धोनी इन्टरटेनमेन्ट’ खोल्दै, बलिउड छोडी साउथमा हात हाल्ने

केन्द्रबिन्दु
0
Shares

भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनी पत्नी साक्षीसँग मिलेर आफ्नै प्रोडक्सन हाउस ‘धोनी इन्टरटेनमेन्ट’ खोल्न लागेका छन् । 

लामो समयदेखि क्रिकेट मैदानबाट बाहिर रहेका धोनी फिल्म निमार्ण क्षेत्रमा धमाकेदार पाइला चाल्ने मुडमा छन् । रिपोर्टकाअनुसार उनले आफ्नो प्रोडक्सन हाउसको ब्यानरमा फिल्महरू निर्माण गर्दैछन् । यसैबीच रिपोर्टलाई विश्वास गर्ने हो भने, उनी बलिउड स्टारहरूमा विश्वास गर्दैनन् । त्यसैले उनी साउथ स्टार अल्लु अर्जुन र जुनियर एनटीआरसँग मिलेर फिल्म बनाउने मुडमा देखिएका छन् । 
लेट्स सिनेमाको रिपोर्ट अनुसार धोनी र साक्षी साउथ फिल्म उद्योगमा ‘धोनी इन्टरटेनमेन्ट’ सुरु गर्ने तयारीमा छन् । मिडिया पोर्टलको ट्विटर ह्यान्डलले एक ट्विट सेयर गर्दै लेखेको छ । ‘धोनीले तमिल, तेलुगु र मलयालममा फिल्महरू बनाउन ‘धोनी इन्टरटेनमेन्ट कम्पनी’ सुरु गर्न लागेका छन् । 

दक्षिण भारतीय स्टारहरूसँग काम गर्ने योजनामा 
बलिउडका लागि यो वर्ष राम्रो रहेन । अधिकांश फिल्महरु बक्स अफिसमा सुपरफ्लप साबित भएका छन् । यही कारणले गर्दा धोनीले बलिउड स्टारमाथि आफ्नो विश्वास देखाउन सकेका छैनन् । धोनी साउथका सुपरस्टार अल्लु अर्जुन, जुनियर एनटीआर, धनुष, सुरिया र अन्यसँग काम गर्ने योजनामा छन् । यस्तो धोनीको आईपीएल टिम ‘चेन्नई सुपर किंग्स’ मार्फत दक्षिणसँगको लामो सम्बन्धको कारण भएको मानिएको छ । यसका अलावा धोनी दक्षिण र विशेषगरी तमिलनाडुमा पनि निकै चर्चित छन् ।

Skip This
Skip This
Logo