५७औं जन्मदिन मनाउँदै बलिउडका बादशाह शाहरुख, दिनमै कमाउँछन् करोडौं

५७औं जन्मदिन मनाउँदै बलिउडका बादशाह शाहरुख, दिनमै कमाउँछन् करोडौं

केन्द्रबिन्दु
0
Shares

बलिउडका बादशाह भनिने अभिनेता शाहरुख खानले लामो समयदेखि दर्शकलाई मनोरञ्जन दिएका छन् । आफ्नो दमदार अभिनय र सशक्त पात्रको आधारमा उनी उद्योगको किङ खान बनेका छन् । बलिउड सुपरस्टार शाहरुख देशमा मात्र नभएर विदेशमा पनि दर्शकको माया पाउने कलाकार मध्ये एक हुन् । उनका फ्यानहरु उनको नयाँ फिल्म पठानको प्रतिक्षामा छन् । शाहरुखले करिब ३० वर्षदेखि आफ्नो अभिनयको बलमा हिन्दी फिल्म उद्योगमा राज गर्दै आएका छन् । 

बलिउडको किंग अफ रोमान्स भनिने शाहरुखको आफ्नै शैली छ, जसलाई उनका फ्यानहरुले निकै मन पराउँछन् । इन्डस्ट्रीका राजा भनिने शाहरुख वास्तविक जीवनमा पनि राजाभन्दा कम छैनन् । उनी कमाईको मामिलामा धेरै ठूला कलाकारहरूसँग प्रतिस्पर्धा गर्छन्। शाहरुखले बुधबार आफ्नो ५७ औं जन्मदिन मनाइरहेका छन्। कति छ त उनको कुल सम्पत्ति ?

धेरै रिपोर्टहरुका अनुसार शाहरुख उद्योगका तीन खानमध्ये सबैभन्दा धनी हुन्। उनले एक दिनमा करिब १.४ करोड कमाउँछन् । कुल नेटवर्थको कुरा गर्ने हो भने, हाल शाहरुख करिब ५५९३ करोड रुपैयाँका मालिक हुन्। चलचित्र बाहेक अन्य धेरै ठाउँबाट पनि शाहरुखले करोडौं कमाउँछन् । शाहरुख खानको आफ्नै कम्पनी रेड चिलीज इन्टरटेनमेन्टको ब्यानरमा बनेका कैयौं फिल्मबाट उनले मनग्य कमाइ गरेका छन् । यसबाहेक उनी आईपीएल टीम कोलकाता नाइट राइडर्सका सह–मालिक पनि हुन्।

I want to dance like Russell and hug Pat Cummins: SRK after KKR win |  Indiablooms - First Portal on Digital News Management

मुम्बई बाहेक अन्य देशबाट पनि करोडौं कमाउने शाहरुखको दुबईमा पनि धेरै सम्पत्ति छ । उनको मुम्बईमा रहेको घर मन्नतको कुरा गर्ने हो भने आफ्नो सुन्दरताका लागि चर्चित उनको यो बंगला पनि करोडौंको छ । रिपोर्टका अनुसार यो घरको लागत करिब २०० करोड भारु रहेको छ । यसबाहेक शाहरुखको दिल्लीमा एउटा घर र दुबईमा एउटा भिला छ । यी सबै बाहेक, अभिनेता घडी र सवारी साधन पनि धेरै मन पराउँछन्। उनको कार कलेक्शनको कुरा गर्दा उनीसँग बुगाटी, भेयरोन, बीएमडब्लू ६ सिरिज, मित्सुबिसी पजेरो, बीएमडब्लु ७ सिरिज, अडी ए६, ल्यान्ड क्रुजर, रोल्स रोयस ड्रप हेड कुप जस्ता लक्जरी गाडी छन् ।

Bugatti to Bentley: Look at Shah Rukh Khan's luxurious car collection

चलचित्र र कम्पनीबाहेक शाहरुखले धेरै विज्ञापनहरुबाट पनि मनग्य आम्दानी गर्छन् । विगत केही वर्षदेखि पेप्सी, व्हर्लपुल, नोकिया, हुन्डाई, डिस टिभी, बाइजुज, बिग बास्केट जस्ता ब्रान्डको अनुहार बनेका कलाकारले एउटा विज्ञापनको सुटिङका ​​लागि दैनिक करिब ३.५ देखि ४ करोड रुपैयाँ पारिश्रमिक लिने गरेका छन् । यति मात्र होइन, बिहेमा सहभागी हुन समेत उनले मोटो रकम लिने गर्छन् । उनले विवाहमा आफ्नो प्रस्तुतिका लागि करिब ८ करोड रुपैयाँ शुल्क लिने गरेका छन् भने उपस्थितीका लागि मात्रै १५ हजार डलर लिन्छन् ।

Like Shah Rukh's Pathan Look? - Rediff.com movies

Logo