अभिनेता पल शाहले नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दर्ता गरेका छन् ।
नाबालिकामाथि यौन दुरुपयोगको मुद्दामा नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका शाहले शुक्रबार सो फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दर्ता गराएका हुन् ।
जिल्ला अदालतले शाहविरुद्ध यौन दुर्व्यवहार कसूरमा साढे २ वर्ष कैद सजाय सुनाएको छ । सोही प्रकृतिको मुद्दामा तनहुँ जिल्ला अदालतमा भने शाहको मुद्दा विचाराधीन छ । उनी पनि हाल तनहुँ कारागारमा छन् ।





























प्रतिक्रिया