रवि लामिछाने प्रकरणबारे दीपकराज गिरीको टिप्पणीः ‘सुहागरात मनाइसके पछि बिहे दर्ता रद्द’

रवि लामिछाने प्रकरणबारे दीपकराज गिरीको टिप्पणीः ‘सुहागरात मनाइसके पछि बिहे दर्ता रद्द’

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गर्ने फैसला गरेसँगै सामाजिक सञ्जाल तातेको छ । सबैले आ-आफ्नो धारणा राखिरहेका छन् । 

यसैबीच अभिनेता दीपकराज गिरीले पनि सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखेका छन् । उनले अदालतको फैसलाप्रति व्यंग्य गर्दै लेखेका छन्- ‘सुहागरात मनाइसके पछि बिहे दर्ता रद्द भो…’  

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरेको हो । उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका उनले आजै साँझ बालुवाटार पुगेर प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाइसकेका छन् । 

Logo