हट एण्ड ग्ल्यामरस नायिका प्रियङ्का कार्कीको नजरमा १० आकर्षक पुरुष

हट एण्ड ग्ल्यामरस नायिका प्रियङ्का कार्कीको नजरमा १० आकर्षक पुरुष

केन्द्रबिन्दु संवाददाता
0
Shares

प्रियङ्का कार्की नेपालको सफल नायिका हुन् । नेपाली चलचित्र क्षेत्रमा स्थापित नायिका कार्कीले १० आकर्षक पुरुषको चयन गरेकी छिन् । भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको अवसर पारेर केन्द्रबिन्दु मिडियाको नियमित स्तम्भमा उनले आफ्नो छनौटमा परेका पुरुषहरुको नाम पेश गरेकी हुन् । 

नायिका कार्कीले निकटता, व्यावसायिक संगत र काम व्यवहारका आधारमा आकर्षक पुरुष चयन गरेकी हुन् । वैज्ञानिक मापदण्ड र जनमतको आधार नभई नायिका कार्कीको बुझाइ र कार्यअनुभवका आधारमा यो सूची तयार भएको हो । हट एण्ड ग्ल्यामरस नायिका प्रियङ्का कार्कीको नजरमा परेका १० आकर्षक पुरुष को-को हुन् त ?

१.आयुष्मान देशराज जोशी 

नायिका कार्कीले आकर्षक पुरुषको शीर्षस्थानमा आफ्नै श्रीमान् आयुष्मान देशराज जोशीलाई राखेकी छिन् ।

नायिका प्रियङ्का कार्कीले आकर्षक पुरुषको शीर्षस्थानमा आफ्नै श्रीमान् आयुष्मान देशराज जोशीलाई राखेकी छिन् । प्रियंकाको नजरमा उनी व्यक्तित्वको हिसाबले मात्रै नभएर हृदयबाटपनि निकै आकर्षक छन् । सेलिब्रेटी बैंकरका रुपमा चिनिने रविना देशराजका छोरा आयुष्मान मोडलिङबाट नेपाली चलचित्रमा प्रवेश गरेका हुन् । 

२.आशिरमान देशराज जोशी 

सर्वाधिक आकर्षक पुरुषको दोस्रो स्थानमा नायिका कार्कीले आफ्नै देवर आशिरमान देशराज जोशीलाई राखेकी छिन् । आशिरमानको अग्लो जिउडाल र सुन्दर अनुहारका कारण ह्याण्डसम पुरुषमा गनिने प्रियङ्काको अभिव्यक्ति छ । साथै उनी एकदमै दयालु र असल व्यक्ति भएको प्रियङ्का बताउँछिन् ।

३.भुषण दाहाल

प्रियङ्का कार्कीको आकर्षक व्यक्तिहरुको सूचीमा तेस्रो स्थानमा छन् नेपाली चलचित्र तथा सङ्गीत भिडियो निर्देशक एवम् पत्रकार भुषण दाहाल । प्रियङ्का आफू उनको आवाज,आत्मविश्वास र व्यक्तित्वको ठूलो फ्यान भएको बताउँछिन् । भर्सटाइल अभिनय,बोल्ने शैली र मिडिया ह्याण्डल गर्ने क्षमताले उनी निकै आकर्षक मानिन्छन् प्रियङ्काको नजरमा ।

४.राजेश हमाल

हमालको उर्जा,सकारात्मकता र आत्मविश्वासको सदैव तारिफ गर्ने र आफू उनको ठूलो फ्यान रहेको नायिका प्रियङ्का बताउँछिन् ।

आकर्षक व्यक्तिको सूचीको चौंथो स्थानमा प्रियङ्काले सदाबहार नायक राजेश हमाललाई समेटेकी छिन् । हमालको उर्जा,सकारात्मकता र आत्मविश्वासको सदैव तारिफ गर्ने र आफू उनको ठूलो फ्यान रहेको नायिका प्रियङ्का बताउँछिन् । त्यसो त राजेश हमाल धेरैको मनपर्ने कलाकारमा पर्छन् । कतिपयले उनलाई महानायक समेत भनेर सम्बोधन गर्दछन् ।

५.रामबाबू गुरुङ

नायिका प्रियङ्का कार्कीको रुचीको पाँचौँ स्थानमा छन् नेपाली चलचित्र लेखक तथा निर्देशक रामबाबु गुरुङ । प्रियंकाले उनलाई धेरै ह्याण्डसम डाइरेक्टरको उपमा दिन्छिन् । साथै उनी सुन्दर मनका धनी,केयरिङ र समझदार भएकाले पाँचौ स्थानमा राखेको प्रियङ्काको भनाइ छ । 

६.दिपकराज गिरी 

I failed in 'Sundar Mero Naam', now I am here with hunger to pass: Deepak  Raj Giri - Himal Sanchar

आकर्षक व्यक्तिहरुको छैठौँ स्थानमा छन् नेपालका चर्चित हास्यकलाकार तथा अभिनेता दीपकराज गिरी । एकदमै मिहिनेती,सहयोगी,केयरिङ र उर्जावान् व्यक्तिको रुपमा प्रियङ्काले उनलाई परिभाषित गरेकी छिन् ।

७.सुरजसिंह ठकुरी 

नेपाली चलचित्रका निर्देशक,अभिनेता तथा टेलिभिजन होस्ट सुरज सिंह ठकुरीलाई प्रियङ्काले आफ्नो उत्कृष्ट पुरुष सूचीको सातौं स्थान दिएकी छिन् । उनको बाल्ने शैली र आत्मविश्वासले उनी आकर्षक भएको नायिका प्रियङ्का बताउँछिन् । साथै उनलाई प्रियङ्काले इमान्दारको उपमा समेत दिन्छिन् । 

८. अनुप विक्रम शाही 

आकर्षक जिउडाल,भव्य व्यक्तित्व र क्युट स्माइलका कारण प्रियङ्काले उनलाई आकर्षक व्यक्तिको आठौं स्थानमा राखेको बताउँछिन् ।

मोडल तथा अभिनेता अनुप विक्रम शाही आकर्षक व्यक्तिहरुको आठौं स्थानमा छन् । आकर्षक जिउडाल,भव्य व्यक्तित्व र क्युट स्माइलका कारण प्रियङ्काले उनलाई आकर्षक व्यक्तिको आठौं स्थानमा राखेको बताउँछिन् ।

९.बालेन शाह

बालेनको नेतृत्व क्षमता,ऊर्जा,उत्साह र आत्मविश्वासको कारण उनी निकै आकर्षक मानिने नायिका प्रियङ्का बताउँछिन् ।

पछिल्लो समय सर्वाधिक चर्चामा रहेका सेलिब्रेटी मेयर बालेन शाह प्रियंकाको आकर्षक व्यक्तिहरुको नवौं स्थानमा छन् । उनको नेतृत्व क्षमता,ऊर्जा,उत्साह र आत्मविश्वासको कारण उनी निकै आकर्षक मानिने नायिका प्रियङ्का बताउँछिन् ।

१०.धिरज मगर

पछिल्लो समयमा चक्लेटी हिरोका रुपमा चिनिने अभिनेता धीरज मगर नायिका कार्कीको छनौटको दशौं स्थानमा छन् । उनको चक्लेटी लुक,कोरियन फिचर्स,अनि आकर्षक जिउडालले उनी आकर्षक व्यक्तिमा परेको नायिका प्रियङ्का बताउँछिन् । 

Logo