पशुपति शर्मा, कला पंगेनी र दुर्गा पंगेनीको मायाले कलेजी छेऊ खायो गीतको भिडियो सार्वजनिक हुँदै

पशुपति शर्मा, कला पंगेनी र दुर्गा पंगेनीको मायाले कलेजी छेऊ खायो गीतको भिडियो सार्वजनिक हुँदै

केन्द्रबिन्दु
0
Shares

लोक गायक पशुपति शर्माको स्वरमा नयाँ लोकदोहोरी गीत ‘माछिले खोलीको लेउ खायो, मायाले कलेजी छेउ खायो’ को म्युजिक भिडियोको छांयाङ्कन सुरु भएको छ । 

गीत लेखक दुर्गा पंगेनीले गीत धेरै वर्ष पहिले नै रेकर्ड भएको र गीतको म्युजिक भिडियो एक हप्तापछि बजारमा कला पंगेनीको युट्युव च्यानलमा आउने बताए । पशुपति शर्माले आफूले गाएको गीत आफ्नो कर्म हो र त्यसमै सन्तुष्ट मान्छु भन्दै कहिल्यै धेरै भ्युज जाला भनेर नसोचेको बताए ।

उनले यो लोक गीत राम्रो भएको भन्दै सबैलाई शुभकामना समेत दिएका छन् । 
 
पशुपति शर्मा र कला पंगेनीको स्वरमा रहेको गीतको शब्द दुर्गा पंगेनीले लेखेका हुन् । गीतमा लय विश्वास नेपालको रहेको छ भने भिडियोलाई प्रविन थापाले निर्देशन गरेका छन् । म्युजिक भिडियोको अभिनयमा पशुपति शर्मा आफै र अनु पराजुली रहेका छन् ।

Logo